Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगलागीका घटना दिनहु जस्तो वढ्दो

Published on 10:49:00 AM //


रेडियो रेसुङ्गा
हावाहुरीको मौसमसँगै देशका बिभिन्न स्थानमा डढेलो तथा आगोलागीका घटना दिनहुँ भएका छन। डढेलो र आगोलागीको डर रहेको हाम्रो देशमा पनि यस्ता जोखिम प्रसश्त देखिएका छन।
डढेलो तथा आगलागी हुनु आफैमा बिपत हो तर आगलागी हुन नदिन र लागिसकेपछि न्युनिकरण जस्ता बिषयमा गाउँ स्तरसम्म सर्तकता अपनाउन कुनै पनि कार्यक्रम भएको हामी त्यति थाहा पाएका छैनौ। कुनै स्थानमा भएका अभियानले केही समुदायमा परिर्बतन ल्याएको भएपनि बर्षेनी सयौं घर तथा वन जङ्गल नाश भई करोडौंको क्षति हुने गरेको तितो यथार्थ अझै पनि छन्। तर स्थानिय स्तरमा गठन भएका बन डढेलो नियन्त्रण समुह, समिति तथा सञ्जालले पनि राम्रै भुमिका खेल्न सक्छन। गुल्मी जिल्लामा पनि विभिन्न समयमा डढेलो तथा आगलागीका घटनाहरु घटिरहेका छन्। गुल्मीको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गाको जङ्गलमा पनि वर्षेनी आगलागी हुने गर्दछ। यति मात्र होईन ग्रामिण क्षेत्रमा आगलागीवाट करोडौँको क्षति भएका घटनाहरु वाराम्वार घटिरहेका छन्। वढी आगलागी हुने यो समयमा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नु अति आवश्यक देखिएको छ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग