Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अस्ट्रेलियामा महापुराण लगाइँदै

Published on 3:21:00 PM //


सिड्नी , चैत्र २५ - गैरआवासीय नेपालीहरूको संगठन (एनआरएन) अस्ट्रेलियाले स्थापना गरेको सामाजिक कल्याणकारी कोषको सहयोगार्थ अस्ट्रेलियाको सिड्नीमा आउँदो अप्रिल १२-१६ मा विश्वमहापुराण लगाइने भएको छ ।

५० हजारभन्दा धेरैको संख्यामा रहेका नेपालीलाई आपतविपतमा सहयोग गर्न एनआरएनले ८५ लाख रुपैयाँको सहयोग कोष स्थापना गरेको हो । पुराणवाचन पण्डित दीनबन्धु पोखरेलले गर्नेछन् । 'आप्रवासी नेपालीहरूको छाता सागठन भएकाले समेत हामीले यो जिम्मेवारीबोध गरेका हौं । एनआरएनका अध्यक्ष गणेश केसीले भने, 'हाम्रो उद्देश्य भनेको कोही पनि नेपालीहरू परदेशमा बिचल्लीमा नपरून् भन्ने हो ।' नेपाली कला संस्कृतिको जर्गेना र विदेशीलाई समेत जानकारी दिन पनि पुराण लगाउन लागिएको एनआरएनका महासचिव महेन्द्र ओलीले बताए । कोषमा रकम जम्मा गर्नकै लागि रात्रिभोजसमेत गरिने उनले बताए ।
कान्तिपुर दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग