Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा ३४ हजार भन्दा वालवालिकालाई भिटामिन खुवाईयो

Published on 11:15:00 AM //

रेडियो रेसुङ्गा
राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत देशभरका वालवालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाईएको छ। ६ महिनादेखि पाँच वर्षका झण्डै ३३ लाख वालवालिकालाई भिटामिन ए क्याप्सुल र ती मध्ये एक वर्षदेखि पाँच वर्षसम्मका ३० लाख वालवालिकालाई जुकाको औषधी खुवाउने लक्ष्य स्वास्थ्य मन्त्रालयले जनाएको छ।
गुल्मी जिल्लामा पनि प्रत्येक गाविसका सवै वडाहरुमा वालवालिकाहरुलाई भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाईएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाभित्र रहेका ३४ हजार १ सय ५० जना वालवालिकालाई भिटामिन ए क्याप्सुल तथा जुकाको औषधी खवाउने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको र आज छुटेका वालवालिकालाई भोली खुवाईने कार्यक्रम रहेको छ। अभियानलाई सफल वनाउन जिल्लाभर ९ सय ९७ जना स्वयंसेविका कृयाशिल रहेको जिल्ला जनस्वास्थ्य अधिकृत कृष्णप्रसाद पन्थीले वताउनुभयो। भिटामिन ए को कमीका कारण हुने वाल मृत्यु रोक्न सरकारले २०५० सालदेखि भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आईरहेको र सोही आधारमा गुल्मी जिल्लामा पनि यो कार्यक्रम सञ्चालन भईरहेको छ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग