Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा ट्राफिक चेक जाँचमा कडाई, ६ दिनमा ५१ हजार बढी राजश्व जम्मा

Published on 3:21:00 AM //

नारायण प्रभात मरासिनी जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले अहिले पछिल्लो चरणमा सवारी चेक जाँचलाई तिब्रता दिएको छ । चेकजाँचको तिब्रतासंगै राजस्व संकलनमा पनि वृद्धि भएको छ । पछिल्लो समयमा वैशाखको पहिलो हप्तामै ६ दिनको अवधिमा ५१ हजार १ सय ५० रुपैया राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख रामप्रसाद पोखरेलले वताउनुभयो। जिल्लाका विभिन्न स्थानमा गरिएको चेक जाँचका क्रममा ट्राफिक नियम विपरित सवारी चलाउने ३ सय ५३ वटा सवारी साधनमाथि भएको कारवाहीवाट उक्त राजश्व संकलन भएको उहाँले वताउनुभयो। ट्राफिक चेकजाँचलाई यही गतिमा अगाडी वढाउने र यसको प्रभावकारीतासंगै विभिन्न जनचेतनामुलक कार्यक्रमहरुलाई पनि सञ्चालन गर्ने योजना तय भएको ट्राफिक प्रहरी प्रमुख पोखरेलले वताउनुभयो।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग