Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ओझेलका खबरहरु, ४ बैशाख २०६९

Published on 7:24:00 PM //

मान्छेको जीवन पनि अनेक अनेक प्रकारका हुन्छन । ती अनेक जीवनसँग घुल्मिल गर्नुपर्ने प्रहरीलाई पनि कती गार्हो ? कतै युरोपबाट आएको लाहुरे बिच बाटोमै लुटियो, कतै चौध बर्षिया बालिकाले अन्य ५ जना बालिका बेच्न हिंडालिन त्यसैगरी मोबाइलबाट कसैले धम्की दियो अझ कतै फेसबुकबाट अपरिचितसँग लभ परेर बिदेशिएका श्रीमान र आफुसँगै रहेका ५ बर्षिया छोरालाई छोडेर उनै अपरिचितसँग भागेको उजुरी परे जिल्ला प्रहरी कार्यालय गुल्मीमा यस हप्ता । सुन्दा पनि अचम्म लाग्ने बिक्रितीका अनेक रुपहरु । समाजमा रहेका बिक्रिती र बिसंगतीहरुको जरैसम्म पुगी तयार पारीएको खोजमुलक रेडियो पत्रीका ओझेलका खबरहरु रेडियो रेसुङ्गाद्वारा उत्पादित तथा प्रसारित बहुचर्चित कार्यक्रम हो । यसै कार्यक्रममा यस हप्ता समाबेश बिषयहरु यस्ता रहेका छन:

  • एस.एल.सी दिने किशोरी र लगभग त्यही उमेरको किशोरको १ बर्ष सम्म मोबाइलमा नाटकीय प्रेम-चक्कर, भेट जेलमा,
  • एक १४ बर्षिया बालिकाले गुल्मी तम्घास ५ जना बालिकालाई भगाईन, भारत लैजाने प्रयास, बिचबाटोमै समात्यो प्रहरिले
  • रक्सिले लठ्ठ एक बेरोजगार हरिलठ्ठु आफु यूरोपबाट आएको शान दिँदा प्रहरी र गाउँलेलाई सास्ती, आफु लुटिएको भन्दै झुटो निबेदन
  • फेसबुकमा एक अपरिचित पुरुष साथी बनेपछी गुल्मी हस्तिचौरकी एक महिला पछी दुबईमा मजदुरी गर्ने श्रीमान र ५ बर्षे छोरालाई एक्लै छोडेर उनै पुरुषसँग नयाँ बर्षमा नयाँ घरजाम गर्न हिँडिन
  • श्रीमान बिदेश पस्योकी बच्चा पढाउन सदरमुकाम वा बुटवल/काठमाडौं डेरा लिएर बस्ने प्रव्रित्ती अहिले बढीरहेको छ र यसै सँगसँगै सामाजिक बिक्रितीहरु पनि बढीरहेका छन । श्रीमानले भारत, खाडी, वा युरोप अमेरिकामा मजदुरी गर्ने श्रीमतीले उनै श्रीमानले दु:ख गरेर कमाएर पठाएको/जोडेको धन सम्पत्ती सत्यनाश गरी घरबार उदाङ्गो पारी पर पुरुषसँग हिंड्ने जस्तो बिकृतिको थप एउटा उदाहरण
  • गौँडाकोटका किसानहरुको सफलताको कथा
  • जुभुङ गाविसमा खानेपानी योजनामा ढिलासुस्ती, भ्रष्ट्राचार र अनियमितता, करोँडौको बजेट बालुवामा पानी खन्याए जस्तै भयो

सुनौँ ओझेलका खबरहरुका प्रस्तोता प्रेम सुनारले तयार पार्नुभएको रेडियो पत्रीका

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग