Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जनताका प्रिय प्रहरी जवान रायमाझी गुल्मी जाने, स्थानीयद्वारा भब्य बिदाई

Published on 3:38:00 PM //


दुर्गाप्रसाद शर्मा, पर्वत
अधिकृतस्तरका कर्मचारी र सुरक्षा अधिकारीलाई बिदाई गर्ने चलन नौलो होइन तर पर्वतमा एक प्रहरी जवानलाई नौमती बाजा र फुलमाला सहित भब्य बिदाई गरिएको छ ।

पर्वतको ठुलीपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान बुद्ध रायमाझीलाई स्थानीयबासीले नौमती बाजा बजाएर फुलमाला लगाएर बिदाई गरेका हुन् । सरुवा भएर गुल्मी जान लागेका प्रहरी जवान रायमाझीले तीन बर्ष सम्म प्रशंसनीय काम गरेको भन्दै स्थानीयबासीले बिदाई गरेका हुन् ।

बिदाई कार्यक्रममा उपस्थित स्थानीय भन्दै थिए, ‘यस्ता पो पुलिस ।’ ‘भावविह्वल बनाएको छ’, स्थानीयले बिदाई गरेपछि प्रहरी जवान रायमाझीले भन्नुभयो, ‘भविष्यमा पनि सत्यको पक्षमा काम गर्ने हौसला बढेको छ ।’

सुदुरक्षेत्र प्रहरी तालिम केन्द्र दिपायलबाट २०६५ सालमा प्रहरी चौकी ठूलिपोखरीमा आएका रायमाझीको सम्मानले अन्य प्रहरीलाई समेत राम्रो काम गर्न प्रेरित गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी केदार खनालले बताउनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग