Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"मेरै गोरुको वाह्रै टक्काले गणतन्त्रका उपलव्धी संस्थागत भएनन्"

Published on 10:05:00 PM //


विष्णु पौडेल
मेरै गोरुको वाह्रै टक्का भन्ने प्रमुख दलहरुका कारण नै गणतन्त्रका उपलव्धि संस्थागत हुन नसकेको गुल्मीमा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । गणतन्त्र दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ गुल्मीले आज विहान आयोजना गरेको गणतन्त्रका उपलव्धी, सम्भावना र चुनौैती विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताले यस्तो कुरामा जोड दिएका हुन् । कार्यक्रममा वोल्ने वक्ताहरुले जनताको छोरो पहिलो पटक राष्ट्रप्रमुख हुनु नै गणतन्त्रको प्रथम उपलब्धी भएकोमा जोड दिँदै आफु मोजमस्ती मै व्यस्त हुने नेताहरुको चरित्रकै कारण गणतन्त्रका उपलव्धी संस्थागत गर्न गाह्रो भएको प्रतिक्रिया दिएका थिए ।
कार्यक्रममा वोल्ने अधिकांस वक्ताहरुले संविधानसभा विगठन हुनु दुखद् भएको वताउँदै फेरी हुने संविधानसभाले पनि संविधान वनाउनेमा आशंका व्यक्त गरेका थिए । कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले सवै नेपालीको अथक मिहेनत, परिश्रम तथा वलिदानवाट गणतन्त्र स्थापना भएको वताउँदै गणतन्त्रका उपलव्धी रक्षाको लागी सवैको योगदान उत्तिकै हुनेमा जोड दिनुभयो ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका जिल्ला सह इन्चार्ज जितजङ्ग, नेकपा एमालेका जिल्ला अध्यक्ष वोम वहादुर खड्का, राष्ट्रिय जनमोर्चाका कमल अर्याल, एकीकृत नेकपा माओवादीका वुद्धि जिसी, नेपाली कांगेस जिल्ला सदस्य तथा क्षेत्र नम्वर ३ का सभापति दामोदर भुसाल, नेकपा एमालेका सचिवालय सदस्य गणेश श्रीपाली, नेपाल महिला संघकी अध्यक्ष विष्णु सापकोटा, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष ललिता गौतम, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष सिर्जना तरामु लगायतले मन्तव्य राख्दै संक्रमणकालिन अवस्थामा गणतन्त्र रहेको भन्दै यथास्थिती विचार नै गणतन्त्र नेपालको सवैभन्दा ठुलो चुनौती भएकोमा जोड दिएका थिए ।
अन्तरक्रियाका कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, राजनितीक दलका प्रमुख तथा प्रतिनिधी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । नेपाल पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष नरेश भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रम नेपाल पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतमको अध्यक्षता तथा सह सचिव ज्ञान वहादुर महतराको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग