Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी एफ.एम अध्यक्षमा नेपाली

Published on 8:34:00 AM //

गुल्मी मिडिया प्रालिद्वारा संचालित गुल्मी एफ.एमको संचालक समिति अध्यक्षमा जंग नेपाली चयन भएका छन् ।
रेडियोको विशेष भेलाले संचालक समितिलाई पुर्नगठन गर्दै नेपालीलाई चयन गरेको हो । समितिको उपाध्यक्षमा अशोक थापा, सचिव नरेश भण्डारी, कोषाध्यक्ष भुपाल पोखरेल र सदस्यहरुमा अर्जुन आचार्य, प्रकाश भलामी, जुवानन्द बेल्बासे, थम्मन थापा र धर्म वि.क. रहेका छन् ।
९१ दशमलब २ मेगाहर्जबाट दुर्इ वर्षदेखि नियमित प्रशारण हुदै आएको रेडियो अब आफ्नै भवनबाट नया व्यवस्थापनका साथ प्रशारण हुने सचिव नरेश भण्डारीले बताए । भेलाले रेडियोको सल्लाहकार समितिमा मधुकृण्ण पन्त, सोमनाथ सापकोटा र चुरामणी पन्थीलाई चुनेको रेडियोले जनाएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग