Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगलागीमा नगद र सुन जलेर नष्ट, लाखौंँको क्षती

Published on 8:32:00 AM //

नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्यको घरमा बुधवार भएको आगलागीमा २ लाख ५० हजार रुपैंया नगद सहित लाखौंको क्षति भएको छ ।
पिपलधारा-८ का हरीबहादुर थापाको घरमा भएको आगलागीमा थापाको नगद रुपैंया जलेको हो । थापा सहित शारदा खड्काको घरमा समेत आगलागी भएको छ । खड्काको गोठबाट आगलागी शुरु भएको भएपनि आगलागीको कारण नखुलेको स्थानीय केशव खनालले बताए । दुर्इ घर, गोठ र बंगालोमा भएको आगलागी नियन्त्रणमा लिन स्थानीय बासिन्दालाई झण्डै चार घण्टा लागेको थियो । नयाँगाउँ प्रहरी चौकीको सहयोगमा स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका थिए ।
आगलागीमा नगद, सुन, लत्ता कपडा, खाध्यान्न र पसलका केही सामाग्रीहरु समेत जलेर नष्ट भएको जानकारी आएपनि क्षतिको विवरण नआएको प्रहरी निरिक्षक राजु शर्माले बताए । आगलागीले स्थानीय कृष्णबहादुर खड्काको घरमा समेत सामान्य क्षति पुर्‍याएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग