Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

२ महिनामा गुल्मीमा २९ जनाको घर-गोठमा आगलागी, ७ करोड बढीको धनमाल क्षती, सहयोगको याचना

Published on 12:37:00 AM //



जनार्दन घिमिरे
आगलागिवाट ध्वस्त भएको घर अगाडि सहयोग जुटाउनकालागि क्षेत्रीय कार्य समितिको वैठक गर्दै नेपाली काँग्रेका क्षेत्रीय सभापति दामोदर भुसाल । तस्विर ः जनार्दन घिमिरे
नेपाली काँग्रेसको क्षेत्र नम्वर तीन अन्तर्गत क्षेत्रीय कार्य समिति गुल्मीले आज गुल्मीको पिपलधारामा पुगि अग्नी प्रभावित परिवारसँग भेटघाट गरि अग्नी प्रभावित परिवारको सहयोगको लागि सवैमा आग्रह गरेको छ । नेपाली काँग्रेसको क्षेत्र नम्वर तीनका क्षेत्रीय सभापति दामोदर भुसालले आईतवार उक्त प्रभावित स्थानमा क्षेत्रीय कार्य समितिको आकस्मिक वैठकको आयोजना गरि क्षेत्रीय कार्य समितिका वरिष्ठ सदश्य हरिवहादुर थापा लगायत सम्पूर्ण अग्नी पीडित परिवारलाई यथाशक्य सहयोगका लागि प्रतिवद्धता व्यक्त गर्दै सम्वन्धित पक्षको ध्याकर्षण समेत गराएको छ ।
क्षेत्रीय सभापति भुसालले अग्नि प्रभावित स्थलमै एक विज्ञप्ती जारी गरि पत्रकार सम्मेलन मार्फत अग्नी पीडित परिवारहरुका लागि स्थानीय तत्काल राज्यको ध्यानाकर्षण हुनु पर्ने वताउनु भएको छ । विज्ञप्तीमा गत दुई महिनादेखि हालसम्म गुल्मीमा २९ जना व्यक्तिका घरगोठहरुमा आगलागि हुँदा ७ करोड भन्दा वढी मूल्यको धनमाल क्षती भएको र पीडित परिवारलाई राज्यका तर्फवाट आधारभूत मानवीय सहयोग समेत उपलव्ध नगराईएको भन्दै राज्य निकम्मा देखिएको आरोप समेत लागाउनु भएको छ । कार्यक्रमा नेपाली काँग्रेसका सचिव छन्द वहादुर पहराई, कोषाध्यक्ष हरिप्रसाद न्यौपाने, नेपाल प्रेस युनियनका केन्द्रिय सदश्य जनार्दन घिमिरे, नेकपा एमाले गाउँ कमिटी अध्यक्ष वावुराम खड्का, क्षेत्रीय सदश्य भगतसिंङ खड्का, पत्रकार भरत पाण्डेय लगायतको सहभागिता रहेको थियो ।
गत वुधवार गुल्मीको पिपलधारामा दिउसो अचानक भएको आगलागिवाट स्थानीय हरिवहादुर थापा, शारदा खड्का र कृष्ण खड्काको गरि तीन घर र एक गोठ जलेर ध्वस्ता भएको थियो । आगलागि हुँदा हरिवहादुर थापाको पसल सहितको सम्पूर्ण ध्वस्त हुँदा घरमा रहेका सम्पूर्ण सामग्रि गरि एक करोड १५ लाख भन्दा वढीको क्षती भएको थियो भने स्थानीय शारदा खड्काको २५ लाख र कृष्ण खड्काको १० लाख गरि कुल १ करोड ५० लाख वरावरको क्षती भएको वताईएको छ । पीडित परिवारहरु मध्य हरिवहादुर थापाको ९ जनाको परिवार र शारदा खड्काको ३ जनाको परिवार गरि ११ जना व्यक्तिहरु अहिले विस्थापित वनि स्थानीय छिमेकिको घरमा आश्रय लिई रहेका छन् । यसैक्रममा जिल्ला स्थित सर्वदलीय संयन्त्रले आजै पिपलधारामा पुगि आगलागिवाट पीडित परिवारहरुसँग भेटघाट गरि घटनाको स्थलगत निरिक्षण गरि फर्किसकेको छ ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग