Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीको पराल्मी रातामाटामा जीप दुर्घटना, २ को मृत्यु

Published on 12:26:00 AM //


पिएम मगर
गुल्मीको पराल्मी रातामाटामा आईतवार जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा गुल्मीकै जुभुङ्ग गाविस वार्ड नं. १ झिर्वासका अन्दाजी १८ वर्षीय रोमनाथ गौतम र सोही स्थानका अन्दाजी २६ वर्षीय जीपका सह चालक मेखवहादुर परियार रहेका छन। गौतमको घटनास्थलमै मृत्यु भएको थियो भने सहचालक परियारको उपचारका लागि सदरमुकाम तमघासतर्फ ल्याउँदै गर्दा वाटोमै मृत्यु भएको हाम्रा सहकर्मी गंगु कुवँरले जानकारी दिनुभएको छ। त्यसै गरी चालक प्रेमवहादुर थापा गम्भिर घाईते भएका छन्। उनको उपचारका लागि तमघासतर्फ ल्याईदै छ।
पराल्मी गाविसको रातामाटावाट सदरमुकाम तमघासतर्फ आउँदै गरेको लु १ ज १३७८ नम्वरको जीप बलिथुम र रातामाटा सिमानामा पर्ने फिर्गा गैरामा उकालोमा व्रेक फेल भएपछि दुर्घटनामा परेको थियो। जीपमा कति जना यात्रु सवार थिए भन्ने कुरा खुल्न सकेको छैन। जीप करिव तीन सय मिटर तल खसेको र क्षत विक्षत अवस्थामा रहेको वताइएको छ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग