Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विरोधलाई शान्तिपूर्ण बनाउन सहमत

Published on 2:35:00 PM //

बिष्णु पौडेल
गुल्मी, जेठ ५ । बन्द, हडताल र आन्दोलनका कारण सामाजिक सद्भाव खलबलिन थालेपछि गुल्मीमा शान्तिपूर्ण कार्यक्रम गरिने भएको छ । संविधान जारी गर्ने दिन छोटिँदै जाँदा भएका बन्दले समाजिक तथा राजनीतिक सद्भाव खलबलिने सङ्केत देखिएपछि शान्तिपूर्ण रुपमा दबाबका कार्यक्रम गर्न गुल्मीका राजनीतिक दल तथा विभिन्न सङ्घ–सङ्गठन सहमत भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी कवीन्द्र नेपालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा आज बसेको प्रशासन, राजनीतिक दल, विभिन्न सङ्गठनका प्रमुख, नागरिक समाजलगायतको बैठकमा नयाँ बन्ने संविधानमा आफ्ना अधिकार सुनिश्चिततका लागि शान्तिपूर्ण आन्दोलन गर्ने सहमति भएको हो । विभिन्न जिल्लामा जातीय तथा राजनीतिक सद्भाव खल्बलिएको प्रति सचेत हुँदै उनीहरुले  उद्योग वाणिज्य सङ्घको संयोजनमा जेठ ६ गते सद्भावना ¥याली निकाल्ने निर्णयसमेत गरेका छन् ।

बैठकमा उपस्थित एकीकृत नेकपा (माओवादी)का अरुण देवकोटा, नेपाली काँग्रेसका जिल्ला सचिव विष्णु बलाल, नेकपा (एमाले)का जिल्ला अध्यक्ष बोमबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका अध्यक्ष जीवन राना, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत चन्द, उद्योग वाणिज्य सङ्घ, गुल्मीका अध्यक्ष कृष्णप्रसाद भण्डारी, संयुक्त सङ्घर्ष समितिका संयोजक यमबहादुर थापा, नागरिक समाजका सचिव भुवनप्रसाद अर्याल, आदिवासी जनजाति महासङ्घ गुल्मीका उपाध्यक्ष हीरासिंह सराङ्कोटीलगायतका विभिन्न सङ्घ–सङ्गठनका प्रतिनिधिले सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिलसमेत जारी गरेका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग