Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जनशक्ति अभावमा प्राधिकरण गुल्मी समस्यामा

Published on 2:36:00 PM //


पि.एम.मगर
गुल्मी, जेठ ४, दरवन्दी अनुसारको जनशक्ति नहुँदा नेपाल विद्यूत प्राधिकरण गुल्मी शाखाले नियमित कार्य सञ्चालनमा समस्या भोग्दै आएको छ। शाखा स्थापना गर्दा गुल्मीमा करिव ६ हजार विद्युत उपभोक्ता रहेको र प्राधिकरणको दरवन्दी ४६ जनाको रहेको थियो तर अहिले २४ जना मात्रै कर्मचारी रहेका छन्।
तीन महिनाअघि नेपाल विद्युत प्राधिकरणका केन्द्रीय निर्देशक सहित बुटवलमा क्षेत्रीय वैठक हुँदा जनशक्ति अभावको कुरा दर्शाए पनि हालसम्म कुनै सुनुवाई भएको छैन। अहिले सामुदायिक विद्युत सहित गुल्मी जिल्लामा उपभोक्ताहरु करिव गुल्मीमा ३५ हजार नाघिसकेको र त्यस अनुरुप केन्द्रले दरवन्दी ८१ जना थप गर्ने वैठकमा प्रतिवद्धता जनाएपनि हालसम्म पुरानो रिक्त दरवन्दी समेत पुर्ति हुन नसकेको गुल्मी शाखाका शाखा प्रमुख नवलकिशोर गोहितले बताए।
शाखामा आवश्यक प्राविधिक नहुँदा तत्काल अवरुद्ध विद्युत मर्मत गरी सञ्चालनमा ल्याउन ढिलाई हुने र उपभोक्ताहरु आक्रोसित हुँदै प्राविधिकहरुलाई घेर्नेसम्मको समस्या खडा भएको प्राविधिक प्रमुख गौरव पाण्डेले बताए। जनशक्ति अभावमा शाखाले १८ जनालाई ज्यालादारीमा राखेको छ भने ५ जना म्यादे कामदार रहेका छन्।
उपभोक्ताहरु विद्युत जाँदा र समयमा मर्मत नहुँदा आक्रोसित हुनु स्वभाविकै रहेको भन्दै यस्तो आक्रोस प्राधिकरण गुल्मी शाखासँग भन्दा पनि दरवन्दी पुर्ति गर्ने केन्द्रसँग पोख्नुपर्ने पाण्डेको आग्रह छ। केन्द्रमा गुल्मीका नेताहरु धेरै रहेको भएपनि जिल्लाका लागि दरवन्दी अनुसारका कर्मचारीहरु नभएका कार्यालयहरुमा पद पुर्तिका लागि जोड् गर्नुपर्ने र त्यसका लागि स्थानीय राजनीतिक दलले समेत पहल गर्नुपर्ने शाखा प्रमुख गोहितले बताए।
जनशक्तिको अभावमा विद्युत चुहावट रोक्न समेत कठिन परिरहेको र लोड सेडिङमुक्त गुल्मी जिल्लालाई सोही अनुरुपको सेवा दिन आफुहरुलाई कठिन परेकाले तत्काल जनशक्ति पुर्तिका लागि जिल्लाका राजनीतिक दल तथा केन्द्रीय नेताहरुको ध्यान जानुपर्ने उनको आग्रह छ। गुल्मीमा लोडसेडिङमुक्त जिल्ला भनिए पनि प्रायः यहाँका उपभोक्ता अध्यारोमै बस्न बाध्य छन्।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग