Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाली कांग्रेस गुल्मीले माग्यो प्रधानमन्त्रिको राजीनामा

Published on 10:25:00 PM //


मनोज बस्नेत
मुलुकमा अहिले उत्पन्न सबैंधानिक समस्याको स्थायी समाधान प्रधानमन्त्रिको राजीनामा भएको नेपाली कांग्रेस गुल्मीले बताएको छ । आज एक प्रेस बिज्ञप्ती जारी गरी कांग्रेस जिल्ला कार्य समिति गुल्मीले प्रधानमन्त्री बाबुराम भट्टराईको राजिनामाको माग गरेको छ ।
“सबिंधान लेखनको प्रक्रिया निर्धारीत समयमै टुङग्याउने पटक–पटकको आफ्नै प्रतिबद्धता विपरीत एकिकृत माओवादीका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष भट्टराईको नेतृत्वमा गठित सरकारका प्रधानमन्त्रीले कुनैपनि नैतिकता प्रर्दशन नगरी नैतिकताको दुहाई को बखान गर्नेले सत्तामा टाँसिईरहनु सर्वसत्तावादी चिन्तनघो घोतक हो” बिज्ञप्ती मार्फत भनिएको छ, “अन्तरीम सबिंधान २०६३ को भावना र मर्म विपरीत ससंद सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री भई कार्यकारीणी अधिकार आफैमा निहीत छ भन्नुले नै निजहरुको जनचाहाना र लोकतन्त्र विपरीतको कार्य स्पष्ट देखिन्छ ।”
सघिंयाको नाममा देशलाई टुक्राउन खोज्ने जातजातीको बिचमा सदियौँ देखि मिलेर बसेको सामाजीक सरंचनामा खलल पुर्याउने एकिकृत माओवादिको कुत्सित मन्सायले आज राष्ट्र गम्भिर सकंटको भाषमा परेको छ, बिज्ञप्तीमा उल्लेख छ । माओवादीको यो घोर असंबैधानिक कदम भएको भन्दै जिल्ला कार्य समिति गुल्मीले यस बिरुद्ध एकताबद्ध भई लाग्न लोकतन्त्रप्रेमी सबैमा बिज्ञप्ती मार्फत अनुरोध गरेको छ ।
यसैबिच अर्को छुट्टै प्रेस बिज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस जिल्ला कार्य समिति गुल्मीले नेपाली कागें्रस गुल्मीका पुर्व पार्टि सचिव पझपणी पन्थीको गत १३ गते निधन भएकोमा दुख व्यक्त गरेको छ । कागें्रसले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति धैर्यधारण गर्ने शक्ती प्रदान होस भन्ने कामना बिज्ञप्ती मार्फत गरेको छ ।
नेपाली कांग्रेसको स्थापनाकाल देखि लोकतन्त्रको स्थापनाको लागी अनबरत सघर्ष गर्नुभएका एक होनाहार कुशल सगंठक, नेपाली कागें्रसले अगिंकार गरेको प्रजातान्त्रीक समाजवादका सच्चा अनुयायी तथा नेपाली कांग्रेसका आर्दश, निष्ठा र सिद्धान्तका प्रतिमुर्ती स्वर्गीय पन्थीको निधनबाट नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको छ, बिज्ञप्तीमा उल्लेख छ ।
जिल्ला विकास समिति गुल्मीका पुर्व सदस्य तथा नेपाल किसान सघंका जिल्ला सभापती रहनुभएका अर्खले गाविस वार्ड नम्बर ५ निवासी पन्थीको गत जेठ १३ गते ७६ बर्षको उमेरमा निधन भएको थियो । जारी दुवै प्रेस बिज्ञप्तीमा नेपाली कांग्रेस जिल्ला कार्य समिति गुल्मीका जिल्ला सदस्य बिष्णु बलालले हस्ताक्षर गर्नुभएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग