Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अनेरास्ववियु गुल्मीको २२ औ जिल्ला सम्मेलन यही असार ८ र ९ मा

Published on 10:27:00 PM //


अनिल खत्री
अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटी गुल्मीको तेस्रो पूर्ण बैठक एमाले पार्टी कार्यालय गुल्मीमा आज सम्पन्न भएको छ । बैठकले यही असार ८ र ९ गते अनेरास्ववियु गुल्मीको २२ औ जिल्ला सम्मेलन तम्घासमा गर्ने निर्णय गरेको छ।
सम्मेलन सफल बनाउनका लागि गाँउ गाँउका मा.वि., उ.मा.वि., क्याम्पस तथा सम्पूर्ण शैक्षिक संस्थामा संगठन सुदृणिकरण तथा विस्तार अभियान चलाउनको लागि काशीराम पाण्डे, शोभाखर गिरी, राजेन्द्र विक्रम कुँवर, ओम बहादुर कार्की, बसन्त ढकाल, भिम पौडे , धन बहादुर पौडेलको नेतृत्वमा जिल्ला व्यापी संगठन विस्तार तथा सुदृणिकरण अभियान चलाउने निर्णय गरेको छ । सम्मेलनमा जिल्ला भरिका शैक्षिक संस्थाबाट प्रतिनिधित्व हुने गरी ४५० प्रतिनिधि तथा परिवेक्षकलाई सम्मेलनमा सहभागी गराउने निर्णय गरिएको छ ।
बैठक अनेरास्ववियु जिल्ला संयोजक ओम बहादुर कार्कीको अधक्ष्यता, प्रमुख अतिथि ने.क.पा. एमाले जिल्ला कमिटी अध्यक्ष्य बोम बहादुर खड्का, अतिथि ने.क.पा. एमाले जिल्ला कमिटी सचिव सोमनाथ सापकोटा, विद्यार्थी इन्चार्ज हिरा ए.सी., अनेरास्ववियु अञ्चल इन्चार्ज बसन्त ढकाल, केन्द्रिय सदस्य सुमन पन्थी रहेको कार्यक्रमको सञ्चालन जिल्ला सहसंयोजक बसन्त ढकालले गर्नुभएको अनेरास्ववियु प्रचार विभाग प्रमुख काशीराम पाण्डेले जानकारी दिनुभएको छ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग