Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका एलडिओ साप लाखौँ अनियमितता गरे, उल्टै रिसाएर गए

Published on 3:16:00 AM //


भरत पाण्डेय
जिल्लामा सबैभन्दा बढी आलोचित बनेर सरुवा भई रक्षा मन्त्रालयमा जाने क्रममा स्थानिय बिकास अधिकारी दिपेन्द्रराज पौडेलले बिकासका कामका काटीसकेका चेक रोकेर रीस पोखेका छन् । विकास निर्माणका काममा अनियमितता भएको भन्दै कर्मचारी र उपभोक्ताबाट आलोचना भएपछि आफू सरुवा हुनुअघि विदामा बस्दा आर्थिक अधिकार सहित योजना अधिकृत भक्तिराम मरासिनीलाई निमीत्त दिएको समयमा काटीएका विकास निर्माणको रकम भुक्तानीका चेक भुक्तानी रोक्न वाणिज्य बैंकलाई पत्र लेखेर कर्मचारी र उपभोक्तामाथी रीस पोखेका हुन ।
उनले वाणिज्य बैंकलाई मन्त्रालयबाट अख्तियारी सहितको पत्र नआउँदासम्म वा अर्को स्थानिय विकास अधिकारी हाजीर नहुँदासम्म जिल्ला विकास समितीका विभीन्न १५ वटा खाता रोक्का गर्ने र दिपेन्द्रराज पौडेलको हस्ताक्षर मिल्ने बाहेक यसअघि काटीएका चेकहरु समेत नसाट्न भन्दै बैकलाई पत्र लेखेर हिँडेका थिए । जनताका काममा समस्या भएको गुनासो चलिरहेकै बेला राष्टिय बाणिज्य बैँक गुल्मी शाखाले ३ जनाको हस्ताक्षर चल्ने भएकोले कम्तिमा २ जनाको निवेदन विना एक व्यक्तिले मात्रै रोक्न नसक्ने भन्दै जवाफ पठाएर चेक साटेपछि जनताका काम भने रोकीएनन् तर अर्को स्थानिय विकास अधिकारी आउने समयको टुँगो नहुँदा आर्थिक वर्षको अन्त्यमा धमाधम भैरहेका सम्पूर्ण कामहरुको रकम निकासा रोकिएकोले कामहरु भने प्रभावित भएका छन् ।
खाता रोक्का गरेर जान पाउनु उनको अधिकार भएपनि काटी सकेका चेकहरु रोकेर अधिकारको दुरुपयोग गर्दै रीस पोख्ने काम गरेको जिल्ला विकास समितीका कर्मचारीहरु बताउँछन् । 'अर्थिक अधिकार नदिन पाउने उहाँको अधिकार हो तर पहिला आर्थिक अधिकार दिने र काटीसकेका चेक रोक्ने काम गलत हो - जिल्ला विकास समितीका लेखा अधिकृत हरी घिमीरेले भने - बैंकले मानेको भए जनतालाई सारै दुःख हुने थियो । ' उनले आफूले जागीरको क्रममा यस्तो चरीत्र भएको हाकीम कहिल्यै नदेखेको बताए । 'मैले अनिवार्य अवकासमा निस्कने बेला भयो तर यतीलामो जागीरको क्रममा यस्तो प्रवृति पहिलो पटक भेटेँ ।' घिमीरेले भने ।
कर्मचारीसंग मिल्न नसकेर गुल्मीमा सबैभन्दा बढी आलोचित बनेका हिँडेका स्थानिय विकास अधिकारी दिपेन्द्रराज पौडेलले हिँड्दाहिँड्दै गरेको यो काम गुल्मेली माथी रीस पोखेको भन्दै जनताले आलोचना गरेका छन् । ' आफूले राम्रो काम पनि गर्न नसक्ने र जनतालाई विकासका कामबाट पनि रोक्ने यो प्रवृत्ति अहिलेसम्म कुनै एलडिओको देखिएन ' - नयाँगाउँकी कविता विकले भनिन्  ' यस्तो खराव काम गर्ने मान्छे फेरी नआओस । '
       उनले हिँड्दाहिँदै रीस पोखेर हिँडेपछि उनले जिल्लामा बस्दा गरेका अनियमितताको एकाएक पर्दाफास हुन थालेको छ । आफू हिँड्ने केहीदिन अगाडी निमित्त स्थानिय विकास अधिकारी दिएको बखत योजना अधिकृत भक्तिराम मरासिनीले सिफारीस गरेको तम्घास ६ स्थित दलित बस्तीमा खानेपानी योजनाका लागी लैजाँदै गरीएको पाईप फर्काउन भनेर निर्देशन दिएका थिए । तर उपभोक्ता र जिविसकै कर्मचारीको विरोध पछि चुप लागेर बसेका थिए  ।
       उता तम्घासबाट गुल्मीको क्षेत्र नम्बर तीन जोड्ने तम्घास सिमलटारी पूर्कोटदह मोटरबाटो ग्राभेल गर्ने र बाटो चौडा पार्ने योजना समेत उनकै कारण ढिला भएको निर्माण व्यावसायी बताउँछन् । आर ए आई डि पी अर्न्तर्गत २ करोड २ लाख रुपैयाँमा लागतमा काम शुरु गरीएको ७ किलोमिटर ग्राभेलिङ्ग र १६ किलोमिटर सडक चौडा पार्ने त्यस योजनाका उनी संयोजक रहेका उनले निर्माण व्यावसायीलाई दोष थोपर्दै विचमै काम रोक्न निर्देशन दिएका थिए । गिट्टी बालुवा लगायतका निर्माण सामाग्री गुणस्तरहिन भएको भन्दै २ महिनासम्म रोकिएको काम उनी सरुवा भएको खवर आएदेखि नै सुचारु भएको छ । निर्माण व्यावसायी नारायण पोखरेलले एल डि ओ ले काम रोक्न लगाएर आफू मर्कामा परेको बताउनु उता एल डि ओ  ले निर्माण व्यावसायी पोख्रेललाई नटेरेर आफै चल्ने भन्नुलाई यी दुई पक्षविच तालमेल नमिल्नुको कारण कमिसनको खेल भएको राजनैतिक दलका नेताहरुले समेत टिप्पणी गरेका छन् । यी दुई पक्षको तालमेल नमिल्दा ढिला हुन गएको उक्त सडकको निर्माण कार्य बर्खा भित्रीए लगत्तै भैरहेको काम समेत बाढी पहिरोले क्षती गर्ने र सम्झौता अनुसार सम्पन्न नहुने पक्कापक्की जस्तै भैसकेको छ ।
उनका पालामा जिल्लाका यस्ता कैयौँ योजना कतै काम सम्पन्न नभई भुक्तानि भईसकेको पाईएको छ भने कतै काम सम्पन्न भएर पनि भुक्तानि पाउन सकेको छैनन् ।
उनको कार्यकालमा गाउँ विकास समितीको प्रोफाईल बनाउने काम सबैभन्दा विबादित भयो । विना सूचना स्थानिय संघ संस्थालाई सुँईको समेटा नदिइ पाल्पाको एक संस्थालाई झन्डै एक करोड रुपैयाँमा २ वर्ष पहिला भिलेज प्रोफाईल बनाउने जिम्मे्वारी दिए । त्यसलाई स्थानिय संघ संस्थाले कमिसनको खेलको संज्ञा दिए, विरोध पनि जनाए तर उनले काम रोकेनन् । गत वर्षअसार सम्म तैयार भईसक्नुपर्ने प्रोफाईल अहिलेसम्म सम्पन्न भएको छैन । केही गाविसका बनेर आएका प्रोफाईलहरु गुणस्तरहिन बनाई रकम कुम्ल्याउने काम मात्रै भएको चर्चा चल्न थालेको छ ।
पौडले स्थानिय विकास अधिकारी हुँदा अहिलेसम्मकै सबैभन्दा बढी इन्धन खर्च बढेको छ । अहिलेसम्म जिविसकै आन्तरीक श्रोतले थेग्दै गरेको इन्धन खर्च गतवर्ष थेग्न नसकी गाविसहरुमा एलजिसीडिपीको ४ प्रतिशत कन्टेन्जेनसी कटाएर तिर्नु परेको छ । चालु आर्थिक वर्षर गत वर्षको अन्तिम चौमासिकको विल उनले सरुवा हुने बेलामा तिरेका छन् । जिल्ला विकास समिती गुल्मीमा इतिहासमै पहिलोपटक १० महिनामा इन्धन खर्चवापत ७ लाख १२ हजार ६ सय रुपैयाँ रकम लेखाफाँटमा उल्लेख छ । यो हिसावले उनी गुल्मीको स्थानिय विकास अधिकारी छँदा प्रति महिना ७५ हजार रुपैँया इन्धनमा खर्च भएको छ । त्यो भन्दा बढी रकम बैठक एवं अन्य औपचारीक कार्यक्रमको खाजा खर्च र कृत्रिम अनुगमनको नाममा खर्च भएको लेखाफाँटको तथ्याँकले देखाउँछ ।
जवकि तम्घासबाट पूर्कोटदह आवत जावतमा ७० लिटर पेट्रोल, १ लिटर मोविल र १ लिटर कुलिन देखाईएको छ । तर पूर्कोटदह बढीमा १० लिटर पेट्रोल मात्रै खर्च हुन्छ । त्यस्तै अनुगमनका नाममा तम्घास पोखरा, गुल्मीकै रीडि, खर्ज्याङ्ग, दरबार-देविस्थान जने क्रममा १ सय ४० लिटर पेट्रोल, मोविल र कुलिन १, १ लिटरको विल बनाईएको छ जुन खर्च अनुगमन भनिएपनि व्यक्तिगत कामको लागी खर्च भएको पाईन्छ । लेखा अधिकृत हरी घिमीरे भन्छन्,  "इन्धनको यो खर्च जिविसले मात्रै गरेको छैन, तीन भागमा एक भाग अन्य व्यक्ति र संघ संस्थाले खर्च गर्ने गरेका छन् ।"
विगतमा तल्ला तहका कर्मचारी सरुवा हुँदा धुमधाम विदाई कार्यक्रम हुने र विदाईको बेला गाडीसम्म पुर्याउन जाने सहकर्मीहरुको लाम लाग्दथ्यो तर २ वर्षसम्म जिल्लामा बसेका स्थानिय विकास अधिकार पौडेल हिँड्ने बेलामा उनका भान्से र एकजना आफन्त बाहेक कुनै कर्मचारी र सुभेक्षुकहरुले हात सम्म हल्लाएनन् । उनले गाडीमा बस्दै गर्दा फोनमा कुरा गर्दै भनेका थिए ' ल बहिनी बस, यतीका बस्दा सम्म पनि मैले केही गर्न सकिन । ' श्रोतका अनुसार स्याङ्गजा घर भई हाल गुल्मीमै रहेकी उनकी आफन्त थिईन् । उनी सहित उनका पतिलाई नयाँ आउने स्थानिय विकास अधिकारीलाई समेत 'लिंक' बर्ढाईदिएर गएका छन् ।
एक राजनैतिक दलका प्रभावशालि व्यक्ति रहेका ति महिलाका श्रीमानले भने 'हिँड्नु अघि दाईले (पौडेलले) नयाँ आउने एलडिओलाई यी मेरा आफन्तहरु हुन, सहयोग गरीदिनुहोला भन्दै फोनमा 'लिंक' बर्ढाईदिनु भएको छ । यसबाट पनि आफन्तविचको फरीयाको र्साईनेा, भाईचरा र मिलेमतोमा अझै पनि सरकारी कार्यालयमा काम गर्ने परम्परा टुटेको छैन भन्ने कुरा प्रष्ट हुन्छ । हिँड्ने बेला उनलाई विदाई गर्ने शुभेच्छुक उनी एकजनामात्रै थिए । त्यो पनि ससुराली गुल्मीमा बस्दै आएका दाजुभाई ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग