Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्लाकै पहिलो बोर्डिङ स्कुलका विद्यार्थी जिल्ला इन्जीनियर बनेपछि सम्मान

Published on 2:41:00 AM //


भरत पाण्डेय
गुल्मी जिल्लाको पहिलो निजी विद्यालय मालिका बोर्डिङ्ग स्कूल वामीटक्सारबाट पहिलोपटक एस एल सी दिएका व्यक्ति जिल्लामै इन्जीनियर बनेर आएका छन् ।
आफ्नो स्कूलबाट पहिलोपटक एसएलसीमा उत्तिर्ण गुल्मी पौदी अमर्राई ३ निवासी लालु गिरी जिल्ला प्राविधीक कार्यालयमा जिल्ला इन्जिीनियर बनेर आएपछि स्कूलले सम्मान गरेको छ ।
२०५२ सालमा पहिलोपटक एसएलसी परीक्षा दिलाएको विद्यालयमा पहिलो पटक सहभागी भएका गिरी परीक्षामा प्रथम स्थान हासिल गरी इन्जिनीयरीङ्ग पढ्न जानुभएको थियो ।

आफूले लामो समयपछि आफूले पढेको स्कूलमा र्फकदा पहिला केटाकेटी छँदाको माटो बसाएको भन्दै गिरीले गहभरी आँशु झार्दै सबैलाई भावुक बनाउनुभएको थियो । त्यसताका गाउँमा सञ्चालन भएका स्कूलहरु त्यति धेरै गुणस्तरीय नभएपनि मेहनेत र केही गर्छु भन्ने दृढताका साथ लाग्नेहरुले सफलता पाएको उहाँले बताउनुभएको थियो ।
२०३९ सालमा गुल्मीको सदरमुकामबाट धेरै टाढा विकट गाउँमा खुलेको जिल्लाको पहिलो बोर्डिङ्गमा अध्ययन गरेका विद्यार्थीहरु डाक्टर, इन्जिनीयर र उपल्लो ओहोदाको कर्मचारीका साथै प्रतिष्ठीत व्यक्ति बनेकोमा आफूलाई गर्व लागेको बोर्डिङका संस्थापक मोहनलाल श्रेष्ठले बताउनुभयो ।
'मेहनेत गरे मान्छे सफल हुन रहेछ, हिँजोको सिँगाने केटो आज जिल्लामा इन्जिनीयर भएर आउला भन्ने सोँचेको सम्म थिईन ' - बोर्डिङ्ग सञ्चालक समिती अध्यक्ष कृष्णहरी सापकोटाले गला अबरुद्ध पार्दै भन्नुभयो ।
प्रिन्सीपल पुस्तकलाल श्रेष्ठले गिरीले विद्यालयको शिर ठाडो पारीदिएको र सबै विद्यार्थीका लागी प्रेरणको श्रोत भएको बताउनुभयो । विद्यालयले गिरीलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग