Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गणतन्त्र दिवसमा बिरामीलाई फलफुल वितरण, कैदिहरुलाई खेलकुद सामाग्री

Published on 9:49:00 PM //


विष्णु पौडेल
गणतन्त्र दिवसको पुर्व सन्ध्यामा गुल्मी जिल्ला अस्पतालका विरामीलाई फलफुल वितरण गरिएको छ । जिल्ला अस्पताल तम्घासमा भर्ना भई उपचार गराईरहेका विरामीहरुलाई फलफुल वितरण गरिएको हो । गणतन्त्र दिवसका अवसरमा तय गरिएका ३ दिने कार्यक्रमको पहिलो दिन विहान ७ वजे तम्घास अस्पतालका विरामीलाई फलफुल वितरण गरिएको हो । गणतन्त्र दिवस समारोह समितीको आयोजनामा भएको फलफल वितरण कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, राजनितीक दलका प्रमुख, सञ्चारकर्मी, लगायायतको उपस्थिती थियो । यसैविच उद्योग वाणिज्य संघ गुल्मीले जिल्ला कारागार शाखा तम्घासमा रहेका कैदी वन्दीहरुलाई विभिन्न सामग्री प्रदान गरेको छ ।
वाणिज्य संघले २ थान फिल्टर, प्रत्येकलाई १-१ प्याकेट विस्कृट र गुल्कोज वितरण गरिएको उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद पोख्रेलले जानकारी दिनुभयो । उक्त सामग्री हस्तान्तरण कार्यक्रममा गणतन्त्र दिवस समारोह समितीका संयोजक स्थानीय विकास अधिकारी हरि ज्ञवाली, प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल सहित विभिन्न राजनितीक दलका प्रमुख तथा अस्पताल तम्घासका विरामीलाई प्रतिनिधी, उद्योग वाणिज्य संघका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । उद्योग वाणिज्य संघले यसअघि पनि कैदीवन्दीहरुलाई टिभी तथा खेलकुदका विभिन्न सामग्रीहरु प्रदान गरेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग