Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रादेशिक विभाजनप्रती असन्तुष्टी

Published on 10:57:00 PM //


हामीहरु यतिबेला नयाँ नेपालको भाग्य र भविष्यको सुनिश्चित गर्ने नयाँ संविधान प्राप्त गर्नका लागि प्रतिक्षारत र आतुर छौं । ३ करोड नेपाली र सिंगो नेपालको मौलिक पहिचान दिने संविधान मार्फत देशमा नयाँ शाशकीय स्वरुपको निर्धारण र संघिय राज्यको पुनंरचना गर्ने जनादेश पाएका नेपाली नेतृत्वले पछिल्लो समयमा राज्य पुर्नसंरचनाका लागि गरेको प्रादेशिक विभाजनले गुल्मीबासी एवं समग्र नेपालीहरुलाई असन्तुष्ट एवं आक्रोशित गराएको छ ।
भौगोलिक, धार्मिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक रुपले समेत ंिसंगो नेपालकै पहिचान दिने लुम्बिनी अञ्चलका ६ जिल्ला मध्ये गुल्मी, अर्घाखाँची र पाल्पालाई अलग गराई पाँचौं प्रदेश अन्तर्गत संयोजन गरी एउटा छुट्टै प्रदेश बनाउने प्रस्ताव उपर नेपालका तिन ठुला राजनीतिक दलहरु सहमत हुनुले हामी गुल्मीबासीको पहिचान, स्वाभिमान र सम्मानमा आँच पुगेको छ । यसमा गुल्मी जिल्लाबाट संविधान सभामा प्रतिनिधित्व गर्नुहुने सभाषदहरु, सम्पूण राजनीतिक दलका केन्द्रिय स्तरका नेताहरु समेतले गम्भिर रुपले ध्यान नपुर्याएको हामी गुल्मीबासी नागरिकहरुलाई महशुस भएको छ । हामी यसै अपिल मार्फत दलहरुले गरेको प्रादेशिक विभाजनमा गुल्मी जिल्लालाई पनि लुम्बिनी अन्तर्गत नै राख्ने गरी पहल गर्न आग्रह गर्दछौं ।
२६०० वर्षको सांस्कृतिक, ऐतिहासिक र धार्मिक पहिचान बोकेको, एशियाका ज्योति नामले विश्व प्रसिद्ध गौतम बुद्धको जन्मस्थल लुम्बिनी, रुरु क्षेत्र, विशेष गरी लुम्बिनी अञ्चललाई अखण्ड राखी यसको महत्व र महिमालाई प्रगाढ बनाउने कार्यमा बर्तमान सरकार र केन्द्रिय स्तरका नेताहरुको ध्यान पुग्न सकेन । परिणाम स्वरुप लुम्बिनी बिखण्डित भएको छ । नेतृत्वको अदुरदर्शीताको कारण गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल भारतको भुमिमा बन्दै छ । नेपालको प्रसिद्ध धार्र्मिक स्थल लुम्बिनीको ऐतिहासिक र सांस्कृतिक महत्वलाइ बुझेर छिमेकी राष्ट्र भारतले लुम्बिनी, सिद्धार्थनगर र कपिलबस्तु हाम्रा सम्पदा हुन भन्ने भ्रम फैलाईरहेको छ । नेपाल र लुम्बिनीको ऐतिहासिक सम्बन्ध टुटाउने प्रयास गरिरहेको छ । यस संवेदनशील घडिमा ‘लुम्बिनी’लाई अखण्ड राखी यस अञ्चल लगायत वरीपरीका अन्य क्षेत्रहरु हिमाल, पहाड, तराई जस्ता भौगोलिक विविधता, जाती, जनजाती, विभिन्न भाषा धर्म, प्राकृतिक एवं सास्कृतिक छटाहरुलाई समेटेर सामथ्र्य र पहिचान सहितको लुम्बिनी प्रदेश निर्माणको खाका तयार पार्नु त परै जावस, लुम्बिनी अञ्चललाई नै बिखण्डन गरी तयार पारेको यो प्रस्तावलाई पुर्नबिचार गरी देशका प्रमुख राजनीतिक दलहरुका बिचमा सहमत भएको राज्य पुर्नसंरचनाको आधार ‘सामथ्र्य र पहिचान’ लाइ कायम गरी लुम्बिनी प्रदेश गराउन र गुल्मी जिल्लालाई उक्त प्रदेशमा समावेश गर्न हामी जोडदार माग गर्दछौं ।
हामीले अगाडी सारेका कार्यक्रमहरु न त संघियता विरोधी हुन्, न त कुनै अन्य पहिचानलाइ प्रतिकुल प्रभाव पार्नका लागि हुन । बरु राज्यको पुर्नसंरचना गर्दा सिंगो राष्ट्रको गरिमा र बिरासतलाई उचों बनाईरहेको लुम्बिनीको नामबाट एउटा प्रदेशको निर्माण गरी लुम्बिनी र गौतमबुद्धसंग हाम्रो पहिचान कायम राख्नु हो ।
गुल्मी जिल्ला र लुम्बिनीको सम्बन्धको कुरा गर्दा हामी गुल्मीबासीलाइ जति नेपाली हुनुमा गर्वको अनुभुती छ, त्यति नै लुम्बिनीबासी हुनुमा छ । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीसंग हाम्रो सांस्कृतिक सम्बन्ध मात्र होइन, आर्थिक सम्बन्ध अझ बढी प्रगाढ गर्नका लागि समेत हामी लुम्बिनीसंग संगै रहेर आगाडी बढ्न जरुरी छ । युनेस्कोले विश्व सम्पदा सुचिमा राखेको लुम्बिनी विश्वका अधिकांश मुलुकका पर्यटकहरुको गन्तब्य स्थल बनेको छ । उक्त क्षेत्रमा आउने पर्यटकहरुलाई गुल्मी जिल्लामा भित्र्याई हाम्रा प्रसिद्ध स्थलहरु पबित्र रुरु क्षेत्र, ऋष्यश्रृङ्गयको तपोभुमी रेसुंगा, बिचित्र गुफा, मदाने क्षेत्र, दिब्रुङ्ग, कुर्घा मालिका लगायतको क्षेत्रहरुको विश्वसमुदायमा पहिचान गराउन सके पर्यटन उद्योग संचालनमा आउने र उक्त उद्योगहरु मार्पmत रोजगार र आयआर्जनमा बृद्धि गरी आर्थिक सम्पन्नता हासिल गर्न सकिन्छ ।
यस प्रस्तावित राज्यको पुर्नसंरचनाले हामी गुल्मीबासीको तराईसंगको आर्थिक तथा व्यवसायीक सम्बन्ध बिच्छेद गराउने निश्चित छ । हाम्रा बासहरु गुल्मी जिल्लामा भएतापनि गासका स्रोत तराई नै हो । यो गुल्मी जिल्लाको मात्र चासोको विषय होइन । गुल्मी, पाल्पा र अर्घाखाँची जिल्लाबासीहरुका लागि एउटै साझा आवश्यकता पनि हो । त्यसैले हामी सम्पूर्ण गुल्मीबासीहरुले जेठ १४ गते नयाँ संविधान घोषणा हुनुपुर्व सरकारलाई प्रस्तावित राज्य पुर्नसंरचनाको खाका पुनराबलोक र परिवर्तनका लागि विभिन्न दबाब मुलक कार्यक्रम गर्न अपरिहार्य भएको छ ।
विभिन्न राजनीतिक दल, दलका नेताहरुको अदुरदर्शीताका कारण फेरी एक पटक हामी र हाम्रा भावी सन्ततीहरुका लागि आपैmले निर्वाचित गरेका सभाषदहरु र नेताहरुले गरेको निर्णयको विपक्षमा उभिन बाध्य भएका छौं । त्यसैले ‘अखण्ड लुम्बिनी बचाउ अभियान समिति’ले तय गर्ने विभिन्न र्‍याली जुलुस, कोणसभा, धर्ना, बन्द, आमहडताल जस्ता कार्यक्रमहरुमा आफ्नो नैतिक, भौतिक र आर्थिक सहभागिता जनाई अखण्ड लुम्बिनी कायम राख्ने, लुम्बिनी बचाउने अभियानमा सहयोग गर्न हामी सम्पूर्ण गुल्मीबासी जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।

अखण्ड लुम्बिनी बचाउ अभियान संघर्ष समिति
गुल्मी
मिति ः २०६९/२/२

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग