Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कुलोमा डुबेर मृत्‍यु

Published on 6:47:00 PM //


जनार्दन घिमिरे
गुल्मी, ४ जेठ पानीमा डुवेर आज गुल्मीमा एक वालकको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा गुल्मी धुर्कोट रजस्थल गाविस ९ स्थित हरिवहादुर पन्थीको २ वर्षीय छोरा नयन पन्थी रहेका छन् । उनलाई आज विहान सोही ठाउँ स्थित ठूलाखेतको पानीको कुलोमा डुवेको अवस्थामा आफन्तहरुले फेला पारेका थिए । पानीमा डुवेका कारण अचेत अवस्थामा रहेका पन्थीलाई उपचारार्थ जिल्ला अस्पताल तम्घास ल्याउने क्रममा वालकको वाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग