Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरु दश दिनकालागि वन्द

Published on 7:03:00 PM //


जनार्दन घिमिरे
गुल्मी, ४ जेठ विभिन्न संघ संगठनहरुको वन्ध तथा आम हड्तालका कारण विद्यार्थीहरुको असुरक्षाको कारण देखाउँदै आजदेखि गुल्मी जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरु वन्द गर्ने निर्णय गरिएको छ ।  जिल्ला शिक्षा कार्यालयमा आज वसेको विभिन्न संघ संगठनहरुको वैठकले विद्यालयहरुले पाउने ४५ दिने वर्षे विदावाट कटिने गरि १० दिनसम्म जिल्लाका सम्पूर्ण विद्यालयहरु वन्द गर्ने निर्णय भएको जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले वताए । आन्दोलनका क्रममा विद्यार्थीहरुलाई असुरक्षा हुन सक्ने र यातायातको समस्या समेत भोग्नु पर्ने लगायतका असुविधाहरुलाई मध्यनजर गर्दै यसरी जेठ १४ सम्म विद्यालय वन्द गर्ने निर्णय गरिएको विभिन्न संघ संगठन र युनियनले वताएका छन् । यसरी विद्यालयहरु वन्द हुँदा गुल्मी जिल्लाका सामुदायीक र संस्थागत गरि ६ सय ५८ विद्यालयहरुका ७० हजार विद्यार्थीहरुको पठन पाठन प्रभावित हुने भएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग