Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्लाको जनजीवन प्रभावित, वसमा तोडफोड

Published on 7:04:00 PM //


जनार्दन घिमिरे
गुल्मी, ४ जेठ संयुक्त संघर्ष समितिले गुल्मीले आज सरकारको पुत्ला दहन गरेको छ । राष्ट्रिय अखण्डता र जातीय राज्यको विरोधमा आन्दोलनकारीहरुले सरकारको पुत्ला दशन गरेका हुन् ।  व्रामण, क्षेत्री, दशनामी, सन्यासी, ठकुरी, दलीत लगायतलाई आदिवासीमा सुचीकृत गर्नु पर्ने उनीहरुको माग रहेको छ । सदरमुकाम तम्घासको उदीनढुङ्गा वाट सयौंको संख्यामा निकालिएको पुत्लासहितको जुलुसले वजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय अगाडि पुगि उक्त पुत्ला दहन गरेका थिए । वन्द कार्ताहरुले आज वेलुकि लु १ ख ५७९५ वम्वरको वसमा समेत तोडफोड गरेका छन् । तम्घासको पुतलीवजार नजिकै नम्वर थाप्दै गरेको अवस्थामा उक्त वस तोडफोड गरिएको वताइएको छ । तोडफोडवाट वसको सिसाहरु फुटेका छन् ।
संयुक्त संघर्ष समितिले आज गरेको आम हडतालका कारण आज गुल्मी जिल्लाको जनजीवन प्रभावित वनेको छ । वन्दका कारण एम्वुलेन्स, सुरक्षाकर्मि तथा पत्रकारहरुका सवारी साधन वाहेकका अन्य सम्पूर्ण सवारी साधनहरु दिनभर ठप्प वनेका थिए । वन्दका कारण जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरु, वजार, उद्योग, कारखाना सव ठप्प छन् । वन्दले गर्दा जिल्ला सदरमुकाम तम्घामा गत सातादेखि संचालन भएको पेन्सनक्याममा पेन्सन लिन आएका मानिसहरु समेत अलपत्र परेका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग