Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मानवअधिकार पर्यवेक्षण गर्न सञ्जाल गठन

Published on 10:07:00 PM //


नरेश भण्डारी
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय गुल्मी र मानवअधिकारको लागि नागरिक समाजको सञ्जालको आयोजनामा मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा कृयाशील संघ संस्थाहरूको ०६९ जेठ ६ गते सम्पन्न भेलाले मानवअधिकार पर्यवेक्षण सञ्जाल गठन गरेको छ ।

जिल्लामा मानवअधिकार अभियानलाई संयुक्त रुपमा प्रभावकारी ढंगले सञ्चालन गर्ने उद्देश्यले आयोजित भेलाले संविधान घोषणको मिति नजिकिँदै गर्दा हुने गरेका बन्द, हडताल, धर्ना, जुलुश जस्ता कार्यक्रमहरूको संयुक्त अनुगमन गर्न इन्सेक प्रतिनिधि नरेश भण्डारीको संयोजकत्वमा १५ सदस्यीय सञ्जाल गठन गरेको हो ।

जसको सदस्यहरूमा काहुराष्ट्र नेपालका पदमप्रसाद पाण्डे, इन्सेक गुल्मीका यज्ञप्रसाद भुसाल, नेपाल पत्रकार महासङ्घका धनश्याम गौतम, नेपाल प्रेस युनियनका जनार्दन घिमिरे, गैसस महासंघका रेशम कुवर, सञ्चारिका समूहकी गगनशिला खड्का, दलित महिला संघकी कमला बराल, महिला मानवअधिकार रक्षक सञ्जालकी सीता भुसाल, क्रान्तिकारी पत्रकार संघका प्रेम सुनार, नेपाल अपाङ्ग एकता समाजका घनबहादुर खड्का, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका बालकृष्ण बराल, रेडियो स्काईका विष्णु पौडेल र रेडियो रेसुङ्गाका पिएम मगर रहेका छन् ।

मानवअधिकार पर्यवेक्षको आचारसंहिता समेत पारित गरेको कार्यक्रम मानवअधिकारको लागि नागरिक समाजको सञ्जालका संयोजक दानबहादुर केसीको अध्यक्षता र इन्सेक प्रतिनिधि नरेश भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रमा इन्सेक गुल्मीका संयोजक यज्ञप्रसाद भुसालले कार्यक्रमको उद्देश्यबारे जानकारी गराए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग