Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक कुपुत्रले ७७ नाघेका आमाबाबुलाई छप्काए, आमाको मृत्यु, बाबु गम्भीर घाईते

Published on 10:11:00 PM //



अगन्धर तिवारी, म्याग्दी, जेठ ८ । पश्चिम म्याग्दीको निस्कोट–२ का ५१ वर्षिय कुमार पुनले आईतबार राती धारिलो हतियार प्रहार गरि ७७ वर्षिय आमाको हत्या गरेका छन् । उनकै हमलामा परेका ७९ वर्षिय बाबुको पनि हत्या प्रयास गरेका छन् ।

आईतबार राती करिव १२ बजे ओछ्यानमा सुतिरहेकी ७७ वर्षिय आमा भरिमा पुनलाई धारिलो हतियारले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी
कार्यालय म्याग्दीले जनाएको छ । आमाको हत्यापछि बाबुको पनि हत्या गर्न तम्सिएका कुमारले बाबु प्रमाण पुनलाई पनि धारिलो हतियारले अन्धाधुन्द प्रहार गरि सख्त घाइते बनाएको प्रहरीले जनाएको छ ।

हतियार प्रहारबाट सख्त घाइते भएका प्रमाण पुनलाई पश्चिम म्याग्दीको दरबाङ स्वास्थ्य केन्द्र र जिल्ला अस्पताल बेनीमा समेत उपचार असम्भव भएपछि क्षेत्रिय अस्पताल पोखरामा रिफर गरिएको प्रहरी निरिक्षक प्रेम थापाले बताए । कुमार पुनलाई आज सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

छोराको आक्रमणमा परेका प्रमाण पुनको बायाँ कान पुरै काटिएको र टाउकोमा चार ठाउँमा गहिरो चोट लागेको घटनास्थलमा पुगेका प्रहरी टिकाराम कँडेलले बताए
। मदिरा सेवन गरी आवेसमा आएर घटना घटाएको हुन सक्ने अनुमान गरिएको र हत्या बारे थप अनुसन्धान भईरहेको उनले बताए ।

आइतबार राती खाना खाएर सुतिरहेका बाबुआमालाई मादक पदार्थ सेवन गरि लठ्ठिएर आएको छोरा कुमारले एक्कासी धारिलो हतियार प्रयोग गरि अन्धाधुन्ध प्रहार गर्दा यो घटना घटेको पश्चिम म्याग्दीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

ईबाग्लुङ डट कमबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग