Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वन्दले जनजीवन कष्टकर, सञ्चारगृहमा भएको आक्रमणप्रति पत्रकार महासंघ गुल्मीको निन्दा

Published on 12:44:00 PM //


विष्णु पौडेल
पहिचान सहितको संघीयताको माग गर्दै आदिवासी जनजाति संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको तीन दिने नेपाल वन्दको आज दोस्रो दिन पनि गुल्मी सहित आसपासका क्षेत्रको जनजीवन कष्टकर वन्दै गएको छ । संविधानसभाको म्याद छोँिटदै जाँदा लगातार हुने वन्द हड्तालले गुल्मीसहित आसपासका क्षेत्रको जनजीवन कष्टकर वन्दै गएको छ । वन्दका कारण वजारमा तरकारी तथा खाद्यपदार्थको अभाव हुन थालेको छ भने पेट्रोलियम पदार्थको अभाव देखिएको छ । वन्दले सवारीसाधन नचल्दा कामविशेषले हिड्ने सर्वसाधरण मर्कामा परेका छन् ।
वन्दका कारण कारण गुल्मी सदरमुकाम तम्घास विहानैदेखि सुनसान वनेको छ । अघिपछि दिनभर व्यस्त हुने सडक पनि वालवालिकाको खेल मैदान वनेको छ । वन्दकले गर्दा कुनै पनि वजार खुलेका छैनन् । यसैविच आदिवासी जनजाति महासंघद्वारा आह्वान गरिएको तीन दिने नेपाल बन्दको पहिलो दिन हिजो देशका विभिन्न स्थानहरुमा पत्रकार, संचारसंस्था र सवारीसाधनहरुमाथि भएका आक्रमणका घटनाप्रति नेपाल पत्रकार महासंघ गुल्मीले गम्भिर ध्यानआकर्षण भएको जनाएको छ । नेपाल पत्रकार महासंघ गुल्मी शाखाका अध्यक्ष घनश्याम गौतमद्धारा जारी प्रस विज्ञप्तिमा जुनसुकै बहाना र प्रबृत्तिबाट सञ्चार जगतमाथी भएका विभिन्न दुर्ब्यवहार र आक्रमणका घटना प्रति महासंघले भ्रत्सना गरेको छ ।
विज्ञप्तिमा अधिकारका लागि शान्तिपूर्ण आन्दोलन गर्न पाउने नागरिकको हक भएपनि आन्दोलन आह्वानकर्ताले सञ्चार लगायतका अति आवश्यक सेवा प्रदायकलाई अवरोध नगर्ने भन्दा भन्दै पनि प्रेसमाथि भएका ज्यादतीपूर्ण व्यवहारले भनाई र गराईमा भिन्नता देखिएको उल्लेख छ । विज्ञप्तिमा मार्फत आप्mनो अधिकारका लागि शान्तिपूर्ण माग राख्न र संचार जगतको आक्रमणमा नलाग्न आन्दोलनरत पक्षसंग आग्रह गर्दै समाचार संकलन र सम्प्रेषण्का क्रममा संचारकर्मी समेत कतै कुनै आग्रह पूर्वाग्रहबाट प्रभावित नहुन आग्रह गरिएको छ ।
गुल्मी जिल्लामा पछिल्लो समयमा हुने गरेका बन्द, हड्ताल, जुलुस लगायतमा पत्रकारका नामबाट मोटरसाईकल वा अन्य सवारीसाधनमा प्रेस लेखेर दुरुपायोग गरेको पाईकोमा समेत नेपाल पत्रकार महासंघ, गुल्मीको गंभिर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले संचारमाध्यम एवं परिचय पत्रको दुरुपयोग गर्दै प्रेस लेखिएका सवारी साधन संचालन नगर्न र गरिरहनु भएका सम्पूर्ण सवारी चालकहरुलाई परिचय पत्र सहित नेपाल पत्रकार महासंघको तम्घास शहिद चोक स्थित कार्यालयमा यथाशिघ्र सम्पर्क राख्नु गर्दै तत्काल महासंघमा सम्पर्क नगर्ने तर प्रेस उल्लेख भैरहेका सवारी साधनहरुलाई कारवाही प्रकृया अगाडी बढाउन सम्बन्धित निकायलाई आग्रह गरिने प्रेस विज्ञप्ती मार्पmतमा उल्लेख गरिएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग