Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युएईबाट सेतीबाढी पीडितलाई रु.६४,३४८ सहयोग

Published on 12:34:00 PM //


लालबहादुर ढेंगा
दुबई । सेतीबाढीबाट प्रभावित परिवारको लागि सहयोगार्थ अन्नपूर्ण राहत कोष खडा गरी सहयोग संकलन जारी राखेको रेडियो अन्नपूर्णको राहतकोषमा गत १९ मे शनिबारका दिन नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकालले ६४ हजार ३ सय ४८ रुपैयां दुबईको अल अहालिया मनी एक्सचेन्जमार्फत पोखरास्थित सिटी डेभलपमेन्ट वंैकमा रहेको अन्नपूर्ण राहत कोषको वचत खाता नम्बर ३००१ एच.मा जम्मा गरिदिनु भएको छ ।
उक्त राहत कोषको लागि नेपाली समाज युएईको मातहतमाअध्यक्ष कृष्ण ढकालको विशेष पहल र गुप्तशेखर पौडेलको संयोजकत्वमा ८ सदस्यीय “राहत कोष समिति” स्थापना गरिएको थियो । जसमा क्रमशः संयोजकमा गुप्तशेखर पौडेल र अन्य सदस्यहरुमा मानबहादुर थापा, उत्तम अधिकारी, गोपाल कंडेल, शिवराज जैसी, रामबहादुर गुरुङ, पुष्प अधिकारी र भिम अधिकारी रहेका थिए । जब नेपालस्थित कुनै ठूलो घटना हुन्छ विश्वमा रहेका सम्पूर्ण प्रवासी नेपालीहरुले हातेमालो गर्दै धेरै सहयोग गरेको उदाहरणहरु पाइन्छ । आफ्नो जन्मभूमि र परिवारबाट टाढिएर विदेशी भूमिमा आफ्नो देश र परिवारको लागि कडा मेहनत गर्दै नेपाललाई चिनाएको छ, प्रवासी नेपालीहरुले । अझै त्यति मात्र नभएर प्रवासमा पनि आफ्नो कला र संस्कृतिलाई उजागर गर्दै पर्यटन तथा प्रवद्र्धन क्षेत्रलाई सहयोग गरेको तथ्य समेत प्रत्यक्ष देख्न सकिन्छ ।
जहां प्रवासी नेपालीहरुको रेमिटेन्सबाट देश धानिएको छ, त्यहि राजनीतिको अखाडा पनि अझै मौलाउंदै गएको छ । महंगाईले आकाश छुदै छन् भने आर्थिक दृष्टीकोरणले हेर्दा देशको स्थिति गम्भीर अवस्थामा पुगिसकेको छ । यस्तै निति रहयो भने भोलीको नेपाल कस्तो होला ? हालैमा भएको सेतीबाढी प्रभावित परिवारको लागि संसारभरका प्रवासी नेपालीहरुले संकलन गरेको रकमले केही समयको लागि त राहत होला । तर, यसको लागि सरकारले पनि उच्च कदम उठाउन आवश्यक रहेको छ ।
यस “राहत कोष समिति” लाई आर्थिक संकलन गर्नमा सहयोग गर्ने संस्थाहरु गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएई, एकता समाज युएई, जनप्रगतिशील मंच युएई, बागलुङ सेवा समाज युएई, महिला समिति युएई, नेपाली समाचार पाक्षिक–युएई पत्रिका, किरांत राई यायोक्खा युएई, शेर्पा किदुग युएई, याक एण्ड यति नेपाली रेष्टुरेण्ट, स्याङ्जा सहयोग समाज युएईलाई अध्यक्ष कृष्ण ढकाले विशेष धन्यबाद दिनु भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग