Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिलोपटक एन्फा एकाडेमीका लागि छानिए गुल्मेली किशोर

Published on 12:05:00 AM //


अखिल नेपाल फुटबल संघले, एन्फा एकाडेमिका लागि देशका ४२ जिल्लाका ४ हजार २ सय खेलाडिहरुबाट छानेर अन्तिमा चरणको छनौट सम्म परेका अण्डर १२ र अण्डर १४ जम्मा उमेर समुहका ३७ जना खेलाडी मध्य गुल्मीबाट पनि एक जना परेका छन । लुम्बिनी अञ्चलबाटै जम्मा २ जना छनिएकामा गुल्मीबाट सुसंग शर्मा छानिएका हुन भने अर्का एक रुपन्देहीबाट छनिएका हुन ।  शर्मा एन्फा एकाडेमीको लागि छानिने गुल्मीकै पहिलो र एकमात्र खेलाडी रहेको गोल नेपाल डट कमले ट्विटमार्फत जनाएको छ । एन्फाले तीन चरणमा गरेको छनौटको अन्तिम छनौट काठमाडौंमा गरिएको थियो । यसरी छनौटमा पर्ने खेलाडिहरुलाई एन्फाले एन्फा एकाडमिमै राखेर फुटबल तालिम तथा शिक्षा प्रदान गर्नेछ ।

यदी सुंसङको बारेमा तपाईंलाई थाहा छ भने जानकारी बाँड्न सक्नुहुनेछ । बधाई छ सुंसङलाई साथै छनौटमा पर्ने सबै खेलाडिहरुलाई पनि । तिमीहरुकै काँधमा छ भविष्यको नेपाली फुटबलको जेम्मिवेरी ।  फोटोहरु: गोलनेपाल डट कम

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग