Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबईमा किरांत राईहरुको महान चाड साकेला उभौली मनाइने

Published on 9:30:00 PM //


लालबहादुर ढेंगा, दुबई, युएई

किरांत राईहरुको महान चाड साकेला उभौली ५०७२ को उपलक्ष्यमा आगामी ११ मे २०१२ शुक्रबारका दिन दुबईको ईम्पिरियल स्वीट्स होटलमा “साकेला सांस्कृतिक सांझ २०६९” विविध सांस्कृतिक कार्यक्रम तथा जनजातिहरुको विभिन्न झांकीहरु स्थानीय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिमा सम्पन्न हने भएको छ।
उक्त कार्यक्रम किरांत राई यायोक्खा युएईको आयोजनामा हुने भएको हो । प्रवासमा पनि आफ्नो रितीरिवाज र परम्परालाई कायम राख्दै जातीय संस्कृतिलाई उत्थान गरेको पाइन्छ । विगतका भन्दा यसपालिको साकेला उभौली चाडलाई विधिवत रुपले भव्य रुपमा मनाउनका लागि आयोजकहरु लागि परेको जानकारी किरांत राई यायोक्खा युएईका सदस्य मुन्चे राईले दिनु भयो ।
सोही अवरमा चर्चित गायिका तथा नृत्यगना मनिषा राई र मुना राईको बेजोड प्रस्तुति हुने समेत जनाएइको छ । रोजगारीको सिलसिलामा विदेशिएका नेपालीहरुले आफ्नो ड्यूटीको बावजुद पनि विदेशमा रहेका नेपालीहरुलाई समेट्दै आफ्नो नेपालीपन अहेसास गराउनमा धेरै भूमिका खेलेको पाइन्छ । यस्ता खाले कार्यक्रमले जनमानसमा राम्रो सन्देश जानुका साथै एकआपसमा भाईचाराको पनि बिकास हुने गर्दछ । राईहरुको यस विशेष सांस्कृतिक कार्यक्रममा युएईस्थित रहनुभएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भई भव्य रुपमा सफल पारिदिन समेत आग्रह गरेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग