Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छुवाछुत मुक्त दिवस मनाउन प्रधानमन्त्रीलाई आग्रह

Published on 8:17:00 PM //


पि.एम.मगर
गुल्मी, जेठ १८, देशमा अन्य घटना एवं कार्यक्रमहरुको विषयलाई महत्व दिँदै सरकारले हरेक वर्ष दिवस मनाउँदै आएपनि छुवाछुत मुक्त राष्ट्र घोषणा भएको ५ वर्ष वितिसक्दा पनि यसलाई दिवसको रुपमा मनाएको छैन।
नेपालको इतिहासमा २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई छुवाछुतमुक्त राज्य घोषणा गरेकोमा त्यस दिनलाई दलित समुदायले ऐतिहासिक रुपमा लिएका छन् । जुन दिन सिङ्गो देशले ऐतिहाrसिक रुपमा लिनुपर्ने र प्रधानमन्त्रीकै अध्यक्षतामा मुल समारोह गठन गरी जेठ २१ गते सरकारले छुवाछुत मुक्त घोषणा दिवस मनाउन गुल्मीका दलित समुदायले माग गरेका छन्।
दलित साझा मञ्च गुल्मीका अध्यक्ष गणेश विश्वकर्माको संयोजकत्वमा छुवाछुतमुक्त राष्ट्र घोषणा समारोह समिति गुल्मीले जिल्लामा उक्त दिवस मनाउनका लागि ५१ सदस्यीय समिति गठन गरेको छ भने सरकारले पनि दिवस मनाउन माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालय गुल्मीमार्फत प्रधानमन्त्रीसँग आग्रह गरिएको हो। घोषणा दिवस समारोह समितिका संयोजक विश्वकर्माको नेतृत्वमा प्रशासनमा पुगेका दलित अगुवा एवं मानवअधिकारवादी, कानुनु व्यवसायी लगायतको टोलीले एक ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालमार्फत प्रधानमन्त्री कार्यालयमा पठाएका हुन्।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग