Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मर्मत भएको चार दिनमै स्काई मोवाईलको टावरमा फेरी समस्या

Published on 11:33:00 PM //


विष्णु पौडेल
मर्मत भएको चार दिन वित्नै नपाउँदै गुल्मीको वामी गाविसमा रहेको स्काई मोवाईलको टारवमा समस्या देखिएको छ । स्काई मोवाईलको टावरमा समस्या देखिँदा वामी क्षेत्र आसपासका हजारौँँ उपभोक्ता समस्यामा परेका छन् । टावरमा समस्या देखिएका कारण फोन नलाग्ने तथा लागेमा पनि काटिने र आवाज स्पष्ट नसुनिने समस्या देखिएको स्थानीय पत्रकार लोकप्रसाद छन्त्यालले जानकारी दिनुभयो । हावाहुरीले क्षति पु¥याउँदा वामी गाविस वडा नम्वर २ स्थित इस्मालीथानमा रहेको स्काई तथा नमस्ते मोवाईलको टावर जेठ २ गतेदेखि अवरुद्ध वनेको थियो ।
जेठ १६ गतेवाट सञ्चालनमा आएका स्काई तथा नमस्ते मोवाईल्का टावर मध्ये आजवाट फेरी स्काई मोवाईलको टावरमा समस्या देखिएको हो । अवरुद्ध भएको लामो समयपछि मर्मत हुँदा खुसी वनेका सेवाग्राही फेरी निरास वनेका छन् । एकै पटकमा ५ हजार सेवाग्राहीले फोन गर्न सक्ने क्षमताको टावर रहेपनि पटक पटक अवरुद्ध हुँदा मर्कामा परेको सेवाग्राहीको गुनासो छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग