Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीलाई सुर्तिजन्य पर्दाथको होर्डीङ बोर्ड मुक्त जिल्ला बनाईने

Published on 11:29:00 PM //


बिश्वले धुम्रपान रहित दिवस मनाईरहँदा गुल्मीमा भने जिल्लालाई सुर्तिजन्य पर्दाथको होर्डीङ बोर्ड मुक्त जिल्ला बनाउने अभियान चलीरहेको छ । अभीयान अन्तरगत अहिले सम्म सदरमुकाम तम्घास सगैँ रिडी, गौडाकोट, बलेटक्सार, बिरबास, वामी, सिमलटारी लगाएतका जिल्लाका प्रमुख ठाउँहरुमा सुर्तिजन्य पर्दाथको होर्डीङबोर्ड पुर्ण रुपमा हटाईएको छ । आउँदो असार मसान्त भित्रै जिल्लाका सबै ठाउँका होर्डीङबोर्ड हटाई जिल्लालाई सुर्ति जन्य पर्दाथको होर्डीङ बोर्ड मुक्त जिल्ला घोषणा गरिने लक्ष्य रहेको बिश्व धुम्रपान रहित दिवसको अवसरमा तम्घासमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा जानकारी गराईएको छ ।
जिल्लाका सरोकारवालाहरुलाई दबाब सिर्जना गरी परिकल्पना पहल गुल्मीले आफ्नो अगुवाईमा होर्डिङ बोर्ड मुक्त जिल्ला घोषणा गर्न लागेको हो । अहिले सम्म जिल्लाका मुख्य बजारहरुका होर्डिङ बोर्ड हटाईएको र जिल्ला प्रहरी कार्यालयले गाउँ गाउँका प्रहरी चौकीलाई त्यसैगरी स्वास्थ्य कार्यालयले स्वास्थ्य चौकीहरुलाई परिचालन गरि अनुगमन गरिने परिकल्पना पहलका सयोजक नरेश भण्डारीले कार्यक्रममा जानकारी दिनुभयो । धुम्रपान दिवसको अवसरमा जिल्लाका सरोकारवालाहरुको उपस्थितीमा सदरमुकाम तम्घासको कर्मचारी मिलन केन्द्रमा भएको कार्यक्रमका सहभागीहरुले अभियान राम्रो भएको भन्दै सफल्ताको कामना पनि गरेका छन् ।
यसैबिच सार्वजनिक ठाउँमा धुम्रपान गर्नेलाई एक सय देखि एक लाख सम्म जरिबाना गर्ने कानुनी व्यावस्था सरकारले गरेपनि गुल्मी जिल्लामा भने यो ऐन कार्यनयको अवस्था शुन्य रहेको धुम्रपान रहित दिवसको अवसरमा गुल्मीमा भएको कार्यक्रमका सहभागीहरुले बताएका छन् । सार्वजनिक ठाउँमा धुम्रपान गर्ने कार्य कम हुदैँ जानुको साटो कानुन कार्यनयन गर्ने निकाय जिल्ला प्रशासन कार्यालयको गेटमै बसेर मानिसहरुले निर्धक्कका साथ चुरोट सेवन गर्ने गरेको प्रति कार्यक्रममा सहभागीहरुले आलोचना गरेका छन् ।
सार्वजनिक ठाउँमा धुम्रपान गर्दा १ सय देखि एक लाख रुपैयाँ सम्म जरिवाना गर्न सक्ने ऐन कार्यनयन भएको एक बर्ष पुरा हुन लाग्दा पनि गेटमै बसेर चुरोट खादाँ समेत जिल्ला प्रशासन कार्यालयले गुल्मीमा जरिवानाको नाममा एक रुपैयाँ पनि सकंलन गर्न नसकेकोमा पनि उनिहरुले चर्को आलोचना गरेका छन् । धुम्रपान सम्बन्धी  नेपालका केही ऐन आफैमा बाझिएको सहभागीहरुले औल्याएका छन् । धुम्रपान रहित दिवसको अवसरमा सुर्तिजन्य पर्दाथको नियमन ऐनको कार्यनयन तथा गुल्मी जिल्लालाई सुर्ति जन्य पर्दाथको होर्डीङ बोर्ड मुक्त जिल्ला घोषणा सवाल बिषयक अन्तरक्रिया गरिएको हो ।
स्वास्थ्य अधिकार तथा सुर्तिजन्य पर्दाथ नियन्क्रण जिल्ला सञ्जाल गुल्मीको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले तम्घासमा अन्तरक्रियाको आयोजना गरेको हो । अन्तरक्रियामा धुम्रपान नियण्त्रणको क्षेत्रमा काम गर्दै आएका जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधी, राजनितीक दल, दलीत तथा जनजातीको हितमा कार्यरत जिल्ला स्थित बिभीन्न संघ सस्ंथाका प्रमुख एब प्रतिनिधि, पत्रकारको उपस्थिती रहेको थियो ।
कार्यक्रममा नेपाल सरकारको स्वास्थ्य सेवा विभाग र प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले प्रकाशन गरेका अध्यन सामग्री वितरण गरिएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग