Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वकालतका लागी तालिम प्रदान

Published on 3:20:00 AM //


विष्णु पौडेल, गुल्मी असार २
उत्पीडित समुदाय उत्थान केन्द्रले संस्थाका कर्मचारी र सदस्यहरुलाई दलित अधिकारका विषयमा वकालत गर्न सक्षम बनाउने भएको छ । दलितका समस्याहरु बढ्दै गएकाले समस्या समाधान तथा पिडीतलाई अधिकार तथा न्याय दिलाउन सक्ने बनाउन कर्मचारी र सदस्यहरुलाई तालिम दिन सञ्चालन गरेको छ ।
उत्पिडीत समुदाय उत्थान केन्द्रले दलित शशक्तिकरण तथा समावेशीकरणका लागी सझा अभियान परीयोजना अन्तर्गत अधिकार लोकतन्त्र र समावेसिकरण कोषको सहयोगमा तालिम सञ्चालन गरेको हो । तम्घासमा आजदेखि सञ्चालन भएको २ दिने तालिमले उनीहरुलाई दलित अधिकारका विषयमा वकालतका लागी सक्षम बनाउने कार्यक्रमका अनुगमन अधिकृत कृष्ण विकले जानकारी दिनुभयो ।
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले अधिकारका विषयमा जानकारी विना वकालत गर्दा समस्या पर्ने भएकोले तालिमले क्षमतावान बनाउने विश्वास व्यक्त गर्नुभएको थियो । जिल्ला प्रशासन कर्यालयको तर्फबाट दलितका सवालहरुमा निश्पक्षरुपमा न्याय दिलाउने प्रतिवद्धता व्यक्त गर्दै अर्यालले तालिमका सहभागीहरुलाई सिकेका कुरा व्याबहारमा लागु गर्न आग्रह गर्नुभएको थियो । संस्थाले यसअघि गाविस सचिव र दलित तथा महिला अधिकारकर्मीहरुको लागी वकालत तालिम दिई सकेको छ । संस्थाका उपाध्यक्षा कृष्ण सुनारको अध्यक्षता र कोषाध्यक्ष धनेन्द्र विकको स्वागतमा भएको तालिमको उद्घाटन कार्यक्रम सचिव छविलाल विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग