Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वडिघाट खोलामा पौडी खेल्दा डुवेर वालक वेपत्ता

Published on 3:23:00 AM //


अपडेट गुल्मी २ असार(गुल्मी)
वडिघाट खोलामा पौडी खेल्ने क्रममा डुवेर एक जना वालक वेपत्ता भएका छन् । गुल्मीको तुराङ्ग गाविसमा मामाघर आएका जोहाङ्ग ५ खैरेनीका गोपाल बर्मेलका १४ वर्षिय छोरा अर्जुन बर्मेल डुवेर वेपत्ता भएको प्रहरीले जनाएको छ । साथीहरुसँग पौडी खेल्न गएका बर्मेल तुराङ्ग गाविस वडा नम्वर १ स्थित वडिघाट खोलामा पौडी खेल्ने क्रममा डुवेको अस्थायी प्रहरी पोष्ट मजुवाका प्रहरी सहायक निरिक्षक रामानन्द यादवले जानकारी दिनुभयो । डुवेका वालक अर्जुनको अहिले पनि प्रहरी, स्थानीयवासीको सक्रियतामा खोजी कार्य जारी रहेको छ । लामो समयसम्म पानी नपरेर अत्याधिक गर्मी वढेपछि वढिघाट खोलामा पौँडी खेल्नेहरुको संख्या पनि वृद्धि भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग