Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दश वर्षमा घरको ताला खोलियो

Published on 2:29:00 PM //


४ असार, अर्घाखाँची । अर्घाखाँचीको केरुङ्गा गाविसमा १० वर्ष पहिले एउटा घरमा लगाइएको ताला सोमबार खोलिएको छ ।
विस २०५९ वैशाख ९ गते केरुङ्गा-१ बलकोट निवासी नेपाली काँग्रेसका नेता लक्ष्मण ज्ञवालीको घरमा तत्कालीन नेकपा माओवादीले लगाएको ताला स्थानीय शान्ति समितिको पहलमा खोलिएको हो । नेता ज्ञवालीको घरमा लगाइएको ताला खुले पनि उहाँको घरमा रहेका नगद, गरगहना, लत्ताकपडा केही पनि छैनन् ।
माओवादीका जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्काले सर्वपक्षीय रोहवरमा घरमा लगाइएको ताला फोडेर घर खुला गर्नुभयो । घर पहिलेदेखिनै खुलाउन पहल गरेको तर घरमा रहेका सामग्रीबिना आफूहरूले घर नबुझ्ने पीडितले बताउँदै आएकाले घर फुकुवा गर्न नसकिएको र घरमा रहेका सामग्रीको क्षतिपूर्ति दिलाउन आफूहरूले सरकारसमक्ष पहल गर्ने बताउनुभयो ।
विस २०५८ फागुन २९ मा केरुङ्गा-१ बलकोटका राममणि ज्ञवालीको तत्कालीन माओवादीले हत्या गरी लक्ष्मण ज्ञवालीको घरमा ताला लगाएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले घरमा लगाइएको ताला खुलेको र क्षतिपूर्तिका लागि आफूले शान्ति मन्त्रालयमा पहल गरेर सम्पूर्ण क्षतिपूर्ति पीडित पक्षलाई दिलाउने बताउनुभयो । रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग