Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रुद्राबेणी स्थित बृद्धाश्रमलाई गुल्मी उधोग वाणिज्य संघको सहयोग

Published on 12:52:00 PM //


भरत पाण्डेय
गुल्मी ३ असार ।  प्रशिद्ध धार्मिक क्षेत्र रुद्रवेणी धाममा रहेका बृद्धबृद्धालाई दैनिक जीवन गुजारामा समस्या भएको गुनासो आएपछि गुल्मी उद्योग वाणीज्य संघले सहयोग गरेको छ । संघले बृद्धबृद्धालाई डेढ क्विण्टल चामल, १५ किलो दाल र १० लिटर तेल तथा नगद सहयोग गरी १० हजार रुपैँया बराबरको सहयोग गरेको हो ।
वाणिज्य संघले धेरै बृद्धबृद्धा रहेको रुद्रवेणी धाममा पारीवारीक झण्झट विनाको जीवन विताउन धेरै बृद्धबृद्धाहरु पुगेको भएपनि खाने बस्ने समस्याले गर्दा झन् ठूलो समस्यामा परेकोले यसरी सहयोग गरीएको महासचिव कृष्ण प्रसाद पोखरेलले बताउनुभयो ।
रुद्रवेणी धाममा ७० जना संधैबस्ने र ३० जना कहीलेकाहीँ बस्ने गरी एक सय जना बृद्धबृद्धाहरु बस्दै आएको रामआश्रम जिर्णोद्धार समिती अध्यक्ष बासुदेव पाण्डेले बताउनुभयो । उनीहरु केही समय आश्रममा बसेपनि खानपिनको समस्याले गर्दा अहिले बुढेसकालमा आफन्तको खोजी गरी पठाउनुपर्ने अबस्था आएकोले यसको समाधानका लागी सबैले सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो ।


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग