Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घरमा गर्भवती श्रीमती हुँदाहुँदै दोस्री श्रीमती भित्र्याउने विरुद्ध उजुरी

Published on 8:47:00 PM //


नरेश भण्डारी
गुल्मी हाडहाडे गाविस-१ बर्दवासकी २० वर्षीया शर्मिला खत्रीले २५ वर्षीय पति गोकर्ण क्षेत्रीले बहुविबाह गरेको भन्दै ०६९ जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेकी छन् ।

शर्मिलाले भुनवपोखरी गाविस-१ पाल्पाकी २२ वर्षीया शान्ती थापा मगरलाई ०६९ जेठ ६ गते कान्छी पत्नीको रुपमा भित्राएको र आफुलाई यातना दिएको आरोपमा उजुरी दिएकी हुन् ।

जिप चालक रहेका खत्रीले घरमा एक छोरा र पुन गर्भवती पत्नी हुँदाहुँदै सन्धीखर्कमा डेरा गरी बसेकी थापा मगरलाई दोस्रो पत्नीको रुपमा भित्राई फरार भएको पीडितले बताइन् ।

फरार आरोपितको खोजी गरी अनुसन्धान गरिने इन्सपेक्टर राजु शर्माले बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग