Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा अहिलेसम्मकै बढी गर्मी

Published on 12:15:00 PM //


सीता भण्डारी
गुल्मी जेठ ३१, गुल्मीमा अहिलेसम्मकै अध्यधिक गर्मी भएको छ । केही दिनयता पानी नपरेपछि गुल्मीमा अहिले सम्मकै गर्मी भएको हो । गर्मी अत्याधिक बढेपछी यहाँको जनजिवन समेत अस्तब्यस्त बनेको छ । गर्मीका कारण बजारमा मानिसहरुको चहल पहलमा समेत कमी आएको छ । मानिसहरु अत्यावश्यक काम बाहेक दिउसोमा कोही पनि घर भन्दा बाहिर निस्केका छैनन भने पसलहरु सुनसान देखिन्छन । केही दिन यता गर्मी बढे पछि सरकारी कार्यलयहरुमा आउने सेवाग्रहीको सख्या पनि घटेको सरकारी कार्यलयहरुले जनाएका छन । बिहान ११ बजेपछि साझँ ५ बजेसम्म सदरमुकाम तम्घासका सडकहरुमा चहलपहल नै देखिदैन । गर्मीका कारण होटल तथा रेष्टुरेन्टहरुमा चिसो पर्दाथ पिउनेहरुको सख्या भने ह्वातै बढेको छ ।
रेष्टुरेन्टमा केही दिनयता अन्य खाजा खाने ग्राहकहरु अत्यन्तै कम मात्रामा आउने गरेका छन तर चिसो पिउनेहरु भने पहिला पहिला भन्दा उल्लेख्य मात्रामा बढेकको सदरमुकाम तम्घासको लाकुरी मञ्चमा रहेको न्यू मैत्री रेष्टुरेन्ट एण्ड बारका सञ्चालक अर्जुन पाण्डे बताए । अहिले जो आए पनि चिसो दिनुहोस न भन्छ अन्य ब्यापार घटेपनि चिसोको ब्यापार बढेको छ पाण्डेले भने । तम्घासमा आएर ब्यापार गर्न लागेको ३० बर्ष भन्दा बढी समय भयो यस्तो गर्मी कहिल्यै पनि भएको थाहा पाइएन अहिले भने अध्यधिक गर्मी भयो अर्घाखाँची जिल्ला केरुङ्गा घर भई तम्घासको बसपार्कमा ब्यापार गर्ने गोपाल भुसालले भने । गर्मीका कारण होला ब्यापार घटेको छ बजारका अन्य स्थानहरुमा भन्दा बसपार्कमा मान्छेहरुको बढी चहल पहल हुन्थ्यो तर अहिले भने एकदम सुनसान भएको छ, भुसालले बताए ।
गर्मीका कारण जिल्ला अस्पतालमा आउने बिरामीहरुको सङ्ख्या पनि बढेको जिल्ला अस्पताल तम्घासले जनाएको छ । जिल्ला अस्पताल तम्घासमा गर्मीकै कारण आउने बिरामीहरु अधिकाशं रहेको अस्पताले जानकारी दिएको छ । जिल्ला अस्पताल तम्घासमा आउने बिरामीहरुमा खास गरि भाईरल ज्वरो, टाईफाइड, जन्डिस देखिएको छ यस्तो समस्या भनेको गर्मीका कारण नै बढी हुन्छ जिल्ला अस्पताल तम्घासका प्रमुख डाक्टर हरि बहादुर के.सी.भने ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग