Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सोलार बत्ती पाएपछी दंग: उज्यालोको स्रोत बन्यो संरक्षित वन

Published on 3:19:00 PM //


घनश्याम गौतम
गुल्मी, जेष्ठ २८ - मदाने संरक्षित वन कार्यक्रमले विद्युत् सेवा नपुगेको दुर्गम क्षेत्रमा सोलार उपलब्ध गराएपछि मर्भुङको विपन्न बस्तीमा खुसियाली छाएको छ । सोलार बिजुली पाएपछि स्थानीय बासिन्दाले नाचगान गरेर खुसियाली मनाए ।

'यो खुसीमा मैले सबै दुःख भुलेको छु,' मर्भुङ-३ का ७० वर्षीय ख्याउटे दमाईले भने, 'छिमेकका सबैको घरमा सोलारले उज्यालो हुँदा हामी सधैँ अँध्यारोमा बस्ने गरेका थियौं ।' आपै+mले सोलार किनेर बत्ती बाल्न नसक्ने ९ जनाको उनको परिवारका लागि वन मन्त्रालयअन्तर्गतको मदाने संरक्षित वन कार्यक्रमले सोलार पाता, ब्याट्री, बत्तीलगायतका सामग्री उपलब्ध गराएको हो । सोलार बत्ती पाउँदा उनी निकै हषिर्त बनेका थिए ।

वन मन्त्रालयले जिल्लाको पश्चिमी क्षेत्रका ११ गाविस समेटेको जंगललाई संरक्षित वन क्षेत्र घोषणा गरेर विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । कार्यक्रम प्रबन्धक परशुराम पौडेलले विपन्न समुदायको जीवनस्तर सुधार र आयआर्जनका लागि संरक्षित क्षेत्रका उपभोक्तालाई विविध आयमूलक कार्यक्रम सञ्चालन गरिएको बताए । प्रतिघर १५ हजार ५ सय रुपैयाँ मूल्य बराबरका सोलार सामग्री पनि त्यसै कार्यक्रमबाट वितरण गरिएको पौडेलले बताए ।

'हामीले पहिलो चरणमा गाविसका सामुदायिक वन उपभोक्ताहरूमध्येबाट सम्पन्नता स्तरीकरण गर्‍यौं,' उनले भने, 'स्तरीकरणमा अति विपन्नमा परेका ५६ मध्ये १३ जनालाई छनोट गरेर यस वर्ष सोलार वितरण गरेका हौं ।' कार्यालयले संरक्षित वनको कार्यविधिअनुसार कार्यक्रमै बैकल्पिक ऊर्जा सहयोग कार्यक्रम अन्तर्गतबाट १३ घरपरिवारलाई सोलार वितरण गरिएको जनायो ।

सोलार वितरणका लागि मर्भुङको विपन्न बस्तीको बाहुल्यता रहेको मैदानमा पुग्दा स्थानीयले पञ्चेबाजासहित अबिर, फूल, मालाले स्वागत गरेका थिए । सोलार पाएपछि उनीहरूले मैदानमै घन्टौं नाचगान गरे । 'अझै बेस्सरी नाचेरै रमाइलो गर्ने हो,' कालिमाटीका ६९ वषर्ीय हीराबहादुर विकले भने, 'बत्तीले आज हाम्रो मन पनि उज्यालो भएको छ ।'

११ गाविसको १३ हजार ७ सय ६१ हेक्टर क्षेत्रफलमा फैलिएको मदाने संरक्षित क्षेत्र सतुवा, सुगन्धवाल, चिराइतो, सुगन्ध कोकिला, अमलालगायतका जडीबुटी, मृग, चितुवा, झारल, थार, खरायोलगायतका वन्यजन्तुको भण्डारण हो । वन क्षेत्रका उपभोक्तालाई प्रत्यक्ष फाइदा पुग्ने गरी गत वर्ष घोषणा गरिएको संरक्षित वन क्षेत्र कार्यक्रममार्फत त्यसको संरक्षण र उपभोक्ताको आयआर्जनका लागि सरकारले ४७ लाख रुपैयाँका विभिन्न कार्यक्रम अगाडि सारेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग