Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कुर्घा स्वाँराको गुरुङ सँस्कृती (फोटो फिचर)

Published on 9:10:00 PM //


यसपटक गुल्मी उद्योग वाणिज्य संघको निमन्त्रणामा जिल्लाको पर्यटन विकासका संभावित स्थानको अवलोकन र नयाँ योजनाहरु निर्माण गर्नको लागी ध्यान केन्द्रित गर्ने उद्देश्यका साथ जिल्लाका राजनैतिक दल, उद्योगी व्यापारी र पत्रकारहरुको एक टोली गुल्मी स्थित कुर्घा गाविसको स्वाँरामा पुग्यो । गुल्मीमा पहिलोपटक उक्त ठाउँलाई होमस्टेको रुपमा विकास गर्न लागिएको रहेछ । गुरुङ्ग समुदायहरुको मात्र वस्ति रहेको स्वाँरा साँच्ची नै प्राकृतिक मनोरम र पर्यटकीय स्थल रहेछ ।
शालिमेको काखमा दुलही जस्तै वनेर एकान्त स्थानमा रहेको उक्त ठाउँमा पुगेपछि वेग्लै आनन्द महशुस हुन्छ । आफ्नै भाषा, आफ्नै भेष र आफ्नै संस्कृतिको मनोरमस्थल स्वाँरा अव आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि आकर्षक स्थल वन्ने छ । हेरौ उक्त स्थानबाट त्यहाँको गुरुङ सँस्कृती तथा त्यहाँको प्राकृतिक सुन्दरताको गुल्मीन्युज सहयोगी जनार्दन घिमिरेले खिचेर पठाउनुभएका केही तस्बिरहरु:




भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग