Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वामी स्रोत केन्द्रमा बालबिकास पुनर्ताजगी तालिम सुरु

Published on 9:19:00 PM //



अनिल खत्री
वामी स्रोत केन्द्रको आयोजनामा प्रारम्भिक बालबिकास क्रेन्द्रका सहयोगाी कार्यकर्ताहरुका लागि ६ दिने पुनर्ताजगी तालिम आजदेखी सुरुभएको छ ।
महेन्द्र आर्दर्श उच्च माध्यामिक बिद्यालयका बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष हरिहर सापकोटाको अध्यक्षता रहेको तालिमको समुदघाटन कार्यक्रममा महेन्द्र आदर्श उच्च माध्यामिक बिद्यालयका सहायक प्राचार्य टीकाराम खराल र सहायक प्राचार्य देवीराम शर्मा रेडियो रेसुङगाका प्रतिनिधि कौरब खत्री लगायतको  बिशेष आतिथ्यता रहेको थियो ।  कार्यक्रममा बोल्दै सहायक प्राचार्य टीकाराम खराल र देवीराम शर्माले तालिमको समग्र महत्व र प्रभावकारीताको जानकारी गराउदै तालिममा सिकेका कुरालाई ब्यबहारमा लागु गर्न सहभागिलाई आग्रह गर्नुभएको थियो ।
यस्तै सहभागिको तर्फदेखि कमला सापकोटाले पनि तालिमलाई सिकेका कुरालाई ब्यबहारमा लागु गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । तालिमको पहिलो दिन वामी स्रोत अन्तर्गत रहेका गा.बि.स.हरु वामी, कुर्घा, पौदीअमराई, अर्लाङकोट गरी ४ वटा गा.बि.स. भित्रका बालबिकास केन्द्रका २० जना सहयोगी कार्यकर्ताहरुको सहभागिता रहेको थियो । तालिम रोष्टर प्रशिक्षक देवीराम शर्मा, टीकाराम खराल, स्रोत ब्यक्ति टंकनाथ भण्डारीले सहजीकरण गर्नुभएको थियो ।
तालिम ६ दिनसम्म सञ्चालन हुने स्रोत ब्यक्ति टंकनाथ भण्डारीले जानकारी दिनुभएको छ । कार्यक्रमको सञ्चालन स्रोत ब्यक्ति टंकनाथ भण्डारीले गर्नुभएको थियो ।


Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग