टोल सुधार समितिको छलफल सम्पन्न
Published on
9:54:00 PM //
अनिल खत्री
जिल्ला प्रहरी कार्यालय गुल्मीले गठन गर्दै आएको टोल सुधार समितिको कार्य प्रगति, समिक्षा र अन्तरकृया कार्यक्रम गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालयले गाउँमा विद्यमान सामाजिक विकृति तथा विसंगति न्यूनिकरण गर्ने उद्धेष्यका साथ गठन गरेको टोल सुधार समितिका पदाधिकारी, प्रहरी र जिल्ला स्थित राजनीतिक दल तथा नागरिक अगुवाहरुविच यस्तो अन्तरकृया कार्यक्रम गरिएको हो।
जिल्लाका सवै गाविसमा गरी १ सय ३० वटा वजार तथा टोल सुधार समितिका पदाधिकारीहरुले दिएको कार्यप्रगति अनुसार समितिले सुधारको प्रयास गरेपनि जाँड रक्सी सेवन गर्नेहरुले उल्टै चुनौति दिने गरेको पाईएको छ। जहाँ जानु परेपनि हामी जान्छौँ तिमीहरुलाई के मतलव भन्दै अटेरी गर्ने गरेको वताउँदै टोल सुधार समितिका पदाधिकारीहरुले कुनै प्रकारका घटनामा प्रहरीले नै वल प्रयोग गर्नुपर्ने सुझाव दिएका छन्। कार्यक्रममा सहभागी राजनैतिक दलका नेता एवं नागरिक समाजका अगुवाहरुले प्रहरीले अगाडी सारेको कार्यक्रम सह्रानीय भएको तर एक्कैसाथ सुधार गर्न नसकिएकोमा हतोत्साहित नभई कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन्।
