Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस बर्ष एस.एल.सीमा गुल्मीबाट जम्मा ३५ प्रतिशत उत्तिर्ण

Published on 2:46:00 PM //


अपडेट गुल्मी
३२ जेठ (गुल्मी)
गत वर्षको तुलनामा यस वर्ष गुल्मी जिल्लाको एसएलसी नजिता ९ प्रतिशतले वढेको छ । गत वर्ष २४ प्रतिशत परिक्षार्थी उत्तीर्ण भएकोमा यसवर्ष ३५ प्रतिशत उत्तीर्ण भएका छन् । यसवर्षको परिक्षामा जिल्लाभरवाट नियमीत तर्फ ५ हजार १ सय ८० जना सहभागी भएकोमा जम्मा १ हजार ८ सय २४ जना परिक्षार्थी उतिर्ण भएका छन् । त्यसमध्ये ७० जना बिशीष्ट श्रेणीमा, ७ सय ४१ जना प्रथम श्रेणीमा, १ हजार ८५ जना द्धितीय श्रेणीमा र २८ जना परिक्षार्थी तृतीय श्रेणीमा उतिर्ण भएका छन् ।


त्यसैगरी आंशिकतर्फ सहभागि २ हजार २ सय ८९ जना मध्ये ४ सय ७१ जना उतिर्ण भएका छन् । जसमध्ये ५ जना प्रथम श्रेणीमा, ४ सय २७ जना द्धितीय श्रेणीमा र ३९ जना तृतीय श्रेणीमा उतिर्ण भएको जिल्ला शिक्षा कार्यालय गुल्मीले जानकारी दिएको छ । शिक्षा कार्यालयले दिएको जानकारी अुसार अहिलेसम्म संस्थागत विद्यालयतर्फ रेन्वो इङ्गलिस वोर्डिङ्ग स्कुल वलेटक्सार र रेसुङ्गा वोर्डिङ्ग स्कुल चारपालका एक एक जना विद्यार्थीले सवैभन्दा धेरै ७२५ अंक ल्याएका छन् ।

सामुदायिक विद्यालयतर्फ रिडी उच्च मावि जिल्लामै उत्कृष्ट भएको छ । रिडी उच्च माबीबाट एस.एल.सी दिएका दिपक कुँवर र मनिषा घमले २०६८ सालको एस.एल.सी परिक्षामा क्रमश ८८.८७ प्रतिशत र ८५.७५ प्रतिशत अंक प्राप्त गरेका छन । गत बर्ष नियमित तर्फ ४ हजार ५ सय २३ जना सहभागी भएकोमा ६ सय १७ जना उर्तीण भएका थिए । त्यस्तै आशिंक तर्फ २ हजार ८ सय २२ जना परिक्षार्थी सहभागी भएकोमा २ सय २२ जना उर्तीण भएका थिए । गत चैत्र ७ गते देखिदेखि सुरु भएको एसएलसी परिक्षामा जिल्लाका विभिन्न केन्द्रवाट परिक्षाको मर्यादाविपरित कार्य गर्ने १ जना सहायक केन्द्राध्यक्ष सहित ७ जना निरिक्षक र ५० जना विद्यार्थीलाई निस्काशित भएका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग