Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छोरालाई हानेको गोली बुहारीलाई लाग्यो

Published on 1:43:00 PM //


खगेन्द्र अवस्थी
बैतडी, अषाढ १ - बाबु छोरा बीचको विवादपछि रिसको झोकमा भरुवा बन्दुक पड्काउदा बुहारी घाइते भएकी छिन ।

बिहीबार राति १२ बजेतिर सदरमुकामसँगै जोडिएको देहिमाण्डौं-९ थलालगाउका ६७ वर्षीय प्रेमसिंह थलालले छोरा करनलाई हान्न खोजेको गोली लागि ३२ वर्षीया बुहारी तारा थलाल घाइते भएको प्रहरीले जनाएको छ ।

बाबु छोराको झगडा छुट्याउन गएकी बुहारी ताराको बायाँ हातमा गोली लागेको छ । उनको जिल्ला अस्पतालमा हुन नसकेपछि नेपालगञ्ज शिक्षण अस्पताल रिफर गरेको अस्पतालले जनाएको छ । घटनामा संलग्न प्रेमलाई नियन्त्रणमा लिएको प्रहरी निरक्षक लालबहादुर साउदले बताए ।

यस्तै, बिहीबार दिउँसो चमेलिया नदीमा नुहाउन गएकी एक किशोरीको नदीमा डुबेर मृत्यु भएको छ । रुद्रेश्वर-७ की १३ वर्षीया कमला वडको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग