Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा पार्टीहरुको संयुक्त विरोध सभा

Published on 6:32:00 PM //


घनश्याम गौतम
संविधान जारी नगरी संविधान सभा भंग गरेको विरोधमा प्रधानमन्त्री बाबुराम भट्टराईको राजिनामा माग गर्दै कांग्रेस, एमाले र राप्रपाले शुक्रवार तम्घासको लाँकुरी मञ्चमा संयुक्त विरोध सभा गरेका छन् ।
तम्घासको लाँकुरीमञ्चबाट निस्केको विरोध र्‍याली तम्घासका विभिन्न चोकहुँदै पुनः लाँकुरी मञ्चमै पुगेर सभामा परिणत भएको थियो । विरोध कार्यक्रममा जनमोर्चा र मालेको पनि सर्मथन रहेको बताईएपनि उनीहरु उपस्थित भएनन् । नेपाली कांग्रेसका सचिव छन्दबहादुर पहराई, एमाले राष्ट्रिय परिषद सदस्य टोमलाल पाण्डे, राप्रपाका सभापति भरतबहादुर चन्द, अनेरास्वियूका राजेन्द्र कुँवर, नेविसंघका पूर्ण के.सीले सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राजिनामा दिएर सहमतिको बातावरण नभएसम्म आन्दोलन जारी रहने बताए ।
र्‍याली र सभामा सर्वसाधरण र पार्टीकै कार्यकर्ताहरुको उपस्थिती समेत न्यून थियो । मुख्य पार्टीका प्रमुख नेताहरुले सम्बोधन नगरेपनि अन्य वक्ताले भने शुक्रवारको विरोध सभा सांकेतिक मात्र भएको बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग