Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भैँसी पकेटक्षेत्र अनुगमन

Published on 6:11:00 PM //


भरत पाण्डेय
गुल्मी २६ जेष्ठ । जिल्ला पशुसेवा कार्यालय गुल्मीको आयोजनामा गुल्मीको नेटा गाविसमा सञ्चालित भैँसी पालन कार्यक्रमको अनुगमन गरीएको छ । नेटा गाविस वार्ड नं ४ मा हरीयाली भैँसी तथा राँगो पालन समूहका महिलाहरुले पालेका भैँसीको जिल्ला स्तरीय पशु विकाश कार्यदलको टोलीले अनुगमन गरेको हो ।
सो वार्डका ४० घरका महिलाहरुले लोप हुँदै जानथालेको स्थानिय भैँसीको जातको संरक्षण गर्न लिमे र पारेकोटे जातका भैँसीहरु पालेका छन् । अनुगमनको क्रममा स्थानिय भैँसीहरु संरक्षण गरीएको, भकारो सुधार, राँगो खरीद तथा औषधीउपचार लगायतका काम गरीएको भैँसी पालक समूहले बताएका थिए । उनीहरुले गोठ सुधार गरी भैँसीलाई सुख्खा भकारोमा राखिएको र गोवर तथा पिशाख छुट्टाछुट्टै ठाउँमा संकलन गरीएकोले गोवरको मल तथा पिशावलाई मल र बालीनालीमा औषधीको प्रयोग गर्न पाईएको भन्दै खुसी व्यक्त गरेका थिए ।
आर्थिकवर्ष ०६८, ०६९ सालदेखि शुरु गरीएको कार्यक्रम अन्तर्गत सो गाउँका महिलाहरुले पशुसेवा कार्यालयबाट प्राप्त ३ लाख ५० हजार रुपैयाँमा स्थानिय जातका २ वटा राँगा खरीद, भैँसीलाई औषधी खरीद लगायतका काम गरेका छन् । अनुगमनको क्रममा अनुगमन टोलीले महिलाहरुको स्थानिय भैँसी संरक्षण कार्यक्रम सकारात्मक भएको र व्याबस्थापनमा अझै जोड दिन सल्लाह सुझाव दिएका थिए ।
अनुगमन पछि आयोजीत अन्तरक्रिया कार्यक्रममा पशुपालक किसानहरुले कार्यक्रमलाई गाविसका अरु वार्डमा पनि विस्तार गर्न माग गरेका थिए । प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालको प्रमुख आतिथ्यता, स्थायिन विकाश अधिकारी हरीप्रसाद ज्ञवाली र डिएसपि राजकुमार बैदवारको विशेष आतिथ्यतामा भएको कार्यक्रममा अनुगमनको क्रममा जिल्ला पशुसेवा कार्यालय प्रमुख डा हरी बहादुर कुँवर, कृषि विकाश बैँकका प्रमुख गोपाल गैरे, कृषि विकाश कार्यालयका वागबानी विकाश अधिकृत फटक बहादुर थापा, पशु विकाश अधिकृत डा महेन्द्र मल्ल, पत्रकार महासंघका सचिव भरत पाण्डे, सञ्चारीका समूहकी अञ्चल सदस्य गगनशिला खड्का लगायतको आतिथ्यता रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग