Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महेन्द्र आदर्श उच्च माबिमा सरस्वतिको मुर्ती प्रतिस्थापन

Published on 1:14:00 AM //

गुल्मी, आसार १६- गुल्मीको महेन्द्र आदर्श उच्च माध्यमिक विद्यालय वामी टक्सारमा एक कार्यक्रमका विच सरस्वतीको मुर्ति प्राण प्रतिष्ठा गर्ने तथा विधिवत रुपमा पुजाआजा सहित नवनिर्मित मन्दिरको उद्घाटन गरिएको छ । धनिश्वर घिमिरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा महेन्द्र आदर्श उच्चमाविका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
मन्दिर गुल्मीकै मुसिकोट गाविस वडा नं ७ निवासि धनिश्वर घिमिरेका छोराहरु दिलाराम घिमिरे, विष्णुप्रसाद घिमिरे र भेषराज घिमिरेको १ लाख ४० हजार ३ सय रुपैया सहयोगमा बनेको थियो । उक्त मन्दिरको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि धनिश्वर घिमिरेले विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई आगामी दिनमा विद्यालयको उत्थानका लागि सवैले आ—आफ्नो पहलकदमी चाल्नुपर्ने कुरा बताउनुभयो ।
कार्यक्रमकै अवसरमा विद्यालयका प्राचार्य भिमलाल सापकोटाले मन्दिर निर्माणका लागि सहयोग  गर्ने सम्पूर्णलाई धन्यबाद ज्ञापन गर्नुभयो । साथै उक्त कार्यक्रममा सहयोगिका पिता धनिश्वर घिमिरेलाई फूलमाला तथा अविरले सम्मान गरिएको थियो । 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग