Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बैदेशिक रोजगारी सम्बन्धि सचेतना समुह गठन

Published on 12:45:00 AM //


गुल्मी असार १७/ बैदेशिक रोजगारीमा जाने र फर्केकाहरुलाई कानुनी परामर्श एवं सुरक्षित बैदेशिक रोजगारीबारे जानकारी गराउने उद्देश्यले हुंगा र हर्दिनेटा गाविसमा सामुदायीक सचेतना समुह गठन भएका छन् ।
यू.एन. वुमन र यूरोपियन यूनियनको आर्थिक सहयोगमा सुरक्षित बैदेशिक रोजगार सम्बन्धि कार्यक्रम संचालन गरिरहेको मानवअधिकारका लागि जनमञ्च -पिपुल फोरम)ले हुंगामा धाचानन्द भण्डारी र हर्दिनेटामा धाचानन्द भुसालको अध्यक्षमा ११ सदस्यीय सचेतना समुह गठन गरिएको हो ।
सचेतना समुहले बैदेशिक रोजगारीका क्रममा ठगी, हिंसा, बेचबिखनमा परेकाहरुको उद्धारका लागि कानूनी परामर्श दिने, सुरक्षित बैदेशिक रोजगारीबारे जानकारी दिने, चेतनामुलक कार्यक्रमहरु गर्ने, चेलिबेटी बेचबिखन बिरुद्ध अभियान संचालन गर्ने लगायतका कामहरु गर्ने पिपुल फोरम जिल्ला संयोजक संञ्जिवनी अर्यालले बताईन । समुहमा स्थानीय समाजसेवी महिला, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय पत्रकार लगायत सदस्य छन् । दुवै समुहका अध्यक्षहरु भने रोजगारीका लागि कोरिया गएर फर्किएपछि समुह गठन गरेर सचेतना अभियानमा लागेका हुन् ।
नयाँभावना दैनिकबाट

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग