Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पोशाक नलगाई सवा करोड रकम बुझे गुल्मीका शिक्षकहरुले

Published on 1:09:00 AM //


पि.एम.मगर
गुल्मी, असार १२, गुल्मी जिल्लामा विभिन्न विद्यालयका स्थायी शिक्षकहरुलाई पोशाकका लागि आएको झन्डै सवा एक करोड रकम शिक्षकहरुले त्यसै बुझेका छन् । नेपाल सरकारले शिक्षकहरुको पोशाकको रङ्ग निर्धारण नगरेको र नीजि श्रोत लगायत सबै तहका शिक्षकहरुलाई एउटै पोशाक हुनुपर्ने लगायतका मागका कारण सरकारको उक्त निर्णय लागु हुन सकेको थिएन ।
यस अवस्थामा पनि जिल्ला शिक्षा कार्यालय गुल्मीले जिल्लाका १ हजार १ सय ४३ जना प्रावि तहका शिक्षक, निमावि तहका १ सय ७१ र मावि तहका १ सय ७९ सहित १ हजार ४ सय ९३ जना शिक्षकलाई कुल १ करोड ११ लाख ९७ हजार ५ सय रुपैयाँ संवन्धित विद्यालयहरुलाई जिल्ला शिक्षा कार्यालयले निकासा दिएका खुलासा भएको छ।
उक्त रकम सबै विद्यालयलाई निकासा गरिसकिएको सो कार्यालयका लेखापाल देवबहादुर घर्तिले जानकारी दिए। सरकारले शिक्षकहरुको पोशाक निर्धारण नगरिसकेको अवस्थामा पनि रकम निकासा गर्न मिल्छ त भन्ने प्रश्नमा सो कार्यालयका उपसचिव भोजबहादुर के.सी.ले शिक्षकको नाममा आएको रकम शिक्षकलाई नै दिनुपर्ने भएकाले संवन्धित विद्यालयहरुको खातामा निकासा दिईएको बताए ।
तर नेपाल सरकारले जुन शिर्षकमा रकम पठाएको हो त्यसै शिर्षकमा खर्च भएन भने फ्रिज जाने प्रचलन छ ।
दैनिक पत्रीकाबाट

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग