Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेडियो स्काई तेस्रो बर्षमा, गुल्मीन्युजको शुभकामना !

Published on 12:26:00 AM //


गुल्मी जिल्लाको पहिलो र एकमात्र सामुदायीक रेडियो, रेडियो स्काईले शनिबार देखी प्रसारणको दोस्रो बर्ष पुरा गरेको छ । सामाजिक न्यायका लागि संचार अभियानद्धारा संचालित सामुदायीक रेडियो स्काई ८८ दशमलब ४ मेगाहर्जले २०६७ असार २३ गते देखी परिक्षण प्रशारण शुरु गरेको थियो । झण्डै साढे २ महिनाको परिक्षण प्रशारणपछि रेडियोले असोज १ गते देखि नियमित प्रशारण शुरु गरेको थियो ।
परिक्षण प्रशारण शुरु गरेको दुई वर्ष पुरा गरेको अवसर पारेर रेडियोका कार्यक्रमहरुमा परिमार्जन गर्दै स्रोताका चाहना अनुसारका कार्यक्रम सञ्चालन गर्ने रेडियोले जनाएको छ । साथै यस अवसरमा सामुदायीक रेडियो स्काई आगामी दिनमा अझै समुदायका हक अधिकार स्थापित गर्नका लागि र समाजको आर्थिक सम्ब्रीद्दीका लागि प्रतिबद्ध रहँदै स्रोताहरुको सल्लाह सुझाव ग्रहण गर्दै अगाडी बढ्ने समेत रेडियोले प्रण गरेको अध्यक्ष शालिक पन्थीद्धारा प्रकाशित विज्ञप्तीमा उल्लेख छ ।
रेडियोले प्रसारणको सफलता पूर्वक दोस्रो बर्ष पुरा गरी तेस्रो बर्षमा प्रबेश गरेकोमा गुल्मीन्युज डट कम पनि यसको उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग