Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो रह्यो गुल्मी प्रहरिले आयोजना गरेको फोटो प्रदर्शनी (भिडियो)

Published on 11:38:00 PM //

जनार्दन घिमिरे
जिल्ला प्रहरी कार्यालय गुल्मीले गत मंगलवारदेखि जिल्ला सदरमुकाम तम्घासमा फोटो प्रर्दशनी आयोजना गरेको छ । प्रहरीले गत असार महिनादेखि हालसम्म एक वर्षको अवधिमा गरेका विभिन्न गतिविधिहरुलाई समेटेर प्रहरीको तर्फवाट जिल्लामा पहिलो पटक यसरी फोटो पर्दशनी आयोजना गरेको हो । प्रहरी गतिविधिलाई जनता माझ देखाउन, विभिन्न घटनाहरुलाई नियन्त्रण गर्न र प्रहरीलाई घटनाको वारेमा सहयोग कसरि गर्नुपर्छ भन्ने वारेमा जानकारी गराउँदै सवैको सल्लाह र सुझाव लिने उद्देश्यले उक्त प्रदर्शनीको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक राजकुमार वैदवारले गुल्मीन्युजलाई जानकारी दिनु भएको छ । सदरमुकाम तम्घास स्थित कर्मचारी मिलन केन्द्रमा गत मंगलवारदेखि एक सातासम्मका लागि राखिएको उक्त फोटो प्रर्दशनीमा प्रहरी र जनतासँगको छलफल, दुर्घटनाले पुराएको क्षती, दुर्घटना न्यूनीकरण, ट्राफिक नियम उलंघन, आत्महत्या, विभिन्न घटनामा संलग्न अपराधि र तिनीहरुले गरेका गतिविधिहरु र मावनीय उद्धार जस्ता विभिन्न विषय झल्किने तस्विरहरु राखिएका छन । हेरौ तम्घासबाट गुल्मीन्युज सहयोगी जनार्दन घिमिरेले खिच्नुभएको उक्त फोटो प्रदर्शनीको भिडियो:

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग